eNepal

“सन्दीपजस्ता युवा प्रतिभालाई पहिले नै खेलाएको भए राम्रो हुने रहेछ” – रिकी पोन्टिङ

आइपिएल टिम दिल्ली डेयरडेभिल्सका प्रशिक्षक तथा अस्ट्रेलियाली टिमका पूर्व कप्तान रिकी पोन्टिङले नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको खुलेर प्रशंसा गरेका छन् ।

खेल सकिएपछि पत्रकारसम्मेलनमा उनले भने, ‘सन्दीपजस्ता युवा प्रतिभालाई आफ्नो टिमले पहिलादेखि नै मैदानमा उतारेको भए दिल्ली डेयरडेभिल्स पनि प्लेअफमा पुग्न सक्थ्यो ।’

उनले ३–४ वटा म्याच जित्ने अवस्था रहँदासमेत आफूहरुले गुमाउनु परेको बताए ।आइतबार मुम्बई इन्डियन्सविरुद्धको खेलमा हावी भएका सन्दीपका बारेमा पोन्टिङले टिप्पणी गर्दै भने, ‘मलाई विश्वास छ, सन्दीपले आइपिएलमा धेरै लामो यात्रा गर्नेछन् र सफल हुनेछन् ।’

उनले अगाडि भने, ‘शुरुमा पाँचवटा म्याच हामीले विपक्षी टिमको मैदानमा खेल्यौं, तीमध्ये एउटामात्र हामीले जित्न सक्यौं ।’ सुरुमै आफ्नो टिमले अनुभवी खेलाडीमाथि विश्वास गरेको उल्लेख गर्दै उनले भने, ‘हामीले अनुभवी खेलाडीमाथि विश्वास गर्‍यौं तर युवा खेलाडीले राम्रो प्रदर्शन गरे ।’

पोन्टिङले सन्दीप लामिछानेले पछिल्ला तीन खेलमा मौका पाएको उल्लेख गर्दै भने, ‘तीनवटै म्याचमा उनले राम्रो खेले ।’

दिल्लीका लागि सन्दीले पछिल्ला तीन खेलमा मौका पाएका थिए । उनले तीन खेलमा कुल पाँच विकेट लिए ।

कप्तान गौतम गम्भीरले कप्तानी छाडेपछि युवा खेलाडी श्रेयस अय्यरको काँधमा जिम्मेवारी आएको र उनले चुनौतीपूर्ण घडिमा त्यो जिम्मेवारीलाई राम्रोसँग निर्वाह गरेको पोन्टिङको भनाइ थियो ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal