eNepal

सुनकेसरीको अल नेपाल र मेल्बोर्न प्रिमीयर एकै दिन हुँदै

सधै हेरी रहेका नेपाली चलचीत्रहरु भन्दा फरक धार हरर जनरामा बनाईएको नेपाली चलचीत्र सुनकेसरी यहि २५ मेका दिन अल नेपाल रिलीजका साथ साथै मेल्बोर्न प्रिमीएर एकै साथ हुने भएको छ। भिलेज सिनेमा क्रावन केसीनो मेल्बोर्नमा साँझ ६:३० मा सुनकेसरीको पहिलो शो लाग्ने पक्का भई सकेको छ।

रिचा शर्मा, भिम न्यौपाने, शर्मिला सापकोटा लगायतको संयुक्त लगानिमा निर्माण भएको फिल्ममा अर्पण थापाको कथा तथा निर्देशन रहेको छ । फिल्ममा रिचा शर्मा, रबिन्द्र झा, सन्नी डकाल, सुनील पराजुली, प्रेरणा थापा, भिम न्यौपाने, तमन्ना शर्मा, साबित्रा आचार्य, एमी पराजुली, कृष्ण तिवारी, धर्म राज अधिकारी लगायत अस्ट्रेलियन कलाकार लौरेन लोफबर्गको अभिनय रहेको छ । फिल्ममा काली प्रसाद बास्कोटा र बिजय अधिकारीको संगीत, रह शर्माको छायाङ्कन, आन स्कट क्लेमेन्टको सम्पादन, जर्ज सालिवा र मिचेल सालिवाको द्वन्द रहेको छ । 

बिगतमा केही हरर जनराका नेपाली चलचीत्र नबनेका भने होईनन् तर प्राबीधिक त्रुटीका कारण खासै दर्शकहरुले रुचाएका थिएनन् तर सुनकेसरी भने प्राबिधीक हिसाबले अब्बल रहेको निर्माण पक्षको दाबी रहेको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal