आफ्नो चल्चीत्र रातो घर लिएर अस्ट्रेलीया टुरमा रहेका विल्सन् बिक्रम राई यानिकी तक्मे बुढो आज साँझ मेल्बोर्न आउने मेल्बोर्नका लागि रातो घर चलाउने अनुमती पाएको नेप्ले ईभेन्ट्सका डाईरेक्टर सन्जय कुमार शाहले ईनेपाललाई बताउनु भएको छ। चर्चीत निर्देशक शुरज सुव्बा नाल्वोको निर्देशक रहेको तक्मे प्रोडक्सनको व्यानरमा बनेको रातो घरमा तक्मे बुढा, संयम पुरी, गौरब पहाडी लगाएत मेनुका प्रधानको अभिनय रहेको छ। रातो काम गर्नेको सेतो कथा भनेर प्रचार प्रसार गरिएको यो चल्चीत्रले युके लगाएतका देशहरुमा सफल प्रदर्सन गरिसकेको छ। दर्शकले औधीनै रुचाईएको यो चल्चीत्र आगामी १४ मेमा मेल्बोर्नमा तक्मे बुढाको साथमा प्रदर्शन हुने भएको छ।
भोली हुने भेटघाट अनि दर्शकलाई केही पल हाँस्न अनि हँसाउन उनि मेल्बोर्न आउन आँटेका हुन्।के के प्रस्तुती हुने त्यो गोप्य रहेको तर दर्शकलाई भर्पुर मनोरन्जन दिने दाबी सन्जय साहले हामीलाई बताउनु भयो। तक्मे बुढाका फ्यानहरु भोली साँझ बिग बेली रेस्टुरेन्टमा आएर कलाकारलाई हौसला बढाई दिनु हुन अनुरोध गरिएको छ। उनले चालीस देखी पचास मिनेट आफ्नो प्रस्तुती दिने भएका छन्। आयोजक नेप्ले ईभेन्ट्सलाई ईनेपालको तर्फबाट अग्रीम कामना।



