eNepal

१२औं साफ च्याम्पियनशीप बङ्गलादेशमा हुँदै, नेपाल बङ्गलादेश, पाकिस्तान र भुटानसँगै समुह ‘ए’ मा

दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसीपको ‘ड्र’ सार्वजनिक गरिएको छ ।

सेप्टेम्बर ४ देखि १५ सम्म बंगलादेशमा हुने प्रतियोगिताका लागि आज सार्वजनिक गरिएको ‘ड्र’अनुसार नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा बंगलादेश, पाकिस्तान र भूटान छन् । यस्तै, समूह ‘बी’मा भारत माल्दिभ्स र श्रीलंका छ । नेपालको समूहमा रहेका तीन वटै देश फिफा वरियतामा नेपालभन्दा तल छन् । यसअघि सन् २०१५ को उपाधि घरेलु मैदानमा भारतले जित्दा अफगानिस्तान उप–विजेता बनेको थियो ।

नेपालले अहिलेसम्म साफ च्याम्पियनसीपको उपाधि जित्न सकेको छैन । सन् १९९३ बाट सुरु भएको साफ च्याम्पियनसीपको बंगलादेशमा हुने प्रतियोगिता बाह्रौं संस्करणको हो । तेस्रौ संस्करण सन् २०२० मा पाकिस्तानमा हुने छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal