eNepal

मलाई बचाए तर मेरा साथी जलेर ममाथि नै ढले’

शाहरिन अहमद पेसाले शिक्षिका हुन्। उनी पहिलोपल्ट नेपाल घुम्न आएका थिइन्। दुर्घटनामा उनको ढाड जलेको छ। उनी केटा साथीसँग नेपाल आउने क्रममा निकै उत्साहित थिइन्।

काठमाडौंसँगै पोखरा जाने योजना थियो। उनी पनि उत्साहित थिइन् र उनका केटा साथी पनि। उनले काठमाडौँ मेडिकल कलेजको शैय्यामा भनिन्, ‘हामी छुट्टी मनाउन आएका थियौँ।

विमान ल्यान्ड हुँदै थियोे तर बायाँ माेडिन थाल्यो। सबै चिच्याउन थाले। पछाडि हेर्दा आगो दनदन गरिरह्र्को थियो। मेरो साथीले मलाई अघि लगाए, म दौडन थाले तर आगोले उनलाई समात्यो र म माथि नै ढले।

अरु पनि ढले ममाथि। घाइते र मरेका सबै ढलेका मान्छे जलिरहेका थिए। मलाई कसैले तान्यो।’ उनले थपिन्, ‘नेपाल आर्मीले मलाई बोके र अस्पताल लिएर आए।

म भाग्यमानी अनुभव गरिरहेको छु तर अहिले जसरी मेरो ठाँउठाउँमा जलेको शरीर पोलेको छ, मन पनि भत्भती पोलेको छ। मेरो साथी जसले मलाई बचाए आफू रहेनन्, मेरो परिवारको याद आइरहेको छ।

मलाई उपचारभन्दा दाइ र घरका अन्य सदस्यसँग भेट्न मन छ। अब म त्यो विमानमा जान्न, बरु अरु कुनैमा जान्छु।’

उनले द्रवित हुँदै थपिन्, ‘मैले भगवानसँग पुकारा गरिरहेको छु, अरु बाँचून्, मेरो साथीजस्तो नहुन्।’ युएस बांग्ला एयरको विमान त्रिभुवन विमानस्थलमा दुर्घटनामा पर्दा ठूलो संख्यामा यात्रुको ज्यान गएको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal