eNepal

बिमान दुर्घटनामा परेका ७१ जनामध्ये ५० को मृत्यु भएको अनुमान

बंगलादेशको एयर युएस बंगलाको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ ।

विमानमा रहेका १४ जनाको उद्धार गरिएको बताइएको छ । विमानमा लागेको आगो नियन्त्रणमा दिने प्रयास जारी छ । दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए ।

बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको हो । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएपछि विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ ।

अहिले उडान र अवतरण सबै उडानहरु रोकिएका छन् । विमानस्थलमा अवतरणका लागि बाहिरबाट आएका सबै विमानहरुलाई डाइभर्ट गरिएको छ ।

अहिलेसम्म २० यात्रुको निधन भएको सूचना प्राप्त भएको छ । २० जनाको शब निकालिसकिएको विमानस्थल निकट उच्च स्रोतले दाबी गरेको छ । यात्रुमा ७१ जना सवार थिए ।

१३ जना नर्भिक, अरु केएमसी अस्पतालमा उपचार जारी छ । सह–चालकको भने निधन भएको छ । १४ जनाको उद्दार गरिएको छ । अरुको उद्धार जारी छ ।

विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा एयर बङ्लाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ।

उद्दार गरी केएमसी पुर्‍याइएका मध्ये ८ को मृत्यु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस बंगलाको विमान दुर्घटनामा परी घाइतेको उद्दार गरी केएमसी अस्पतालमा पुर्‍याइएको मध्ये ८ जनाको मृत्यु भएको छ।

चिन्ताजनक अवस्थाका घाइतेहरुको इमरजेन्सी तथा आइसीयू उपचार जारी छ। थप विवरण आउन बाँकी।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal