eNepal

खबरदार हुण्डीबाट पैसा पठाउँदै हुनुहुन्छ, पैसा डुब्ला है

अष्ट्रेलियाबाट अबैध हुण्डीको कारोबार गर्ने क्रममा व्यापारीहरूबीच पोल खोलाखोल भएको छ ।

कुनै बेला सँगै मिलेर हुण्डीको अबैध काम गर्ने र कारोबारको नाफाको भागवण्डामा विवाद उत्पन्न भएपछि कारोबारीहरूबीच एकले अर्कालाई आरोप लगाउन थालेका हुन् । जसको विवाद नेपालसम्म आइपुगेको छ । यस विषयमा प्रहरीलाई जानकारी हुँदा पनि मुकदर्शक बनेको आरोप छ ।

केही समयअघि महानगरीय अपराध महाशाखाले एउटा हुण्डी कारोबारीलाई च्यापेर अर्कोलाई कारबाही गर्न खोज्दा रडाको मच्चिएको थियो ।
महाशाखाको टोलीले जेपी भट्टराई नाम गरेका हुण्डी कारोबारीको स्वार्थमा राजेश उपाध्यायलाई पक्राउ गरेपछि दुबै जनाबीच कारोबार भएको र विवाद बढेपछि पोल खोलाखोल भएको प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो ।

हुण्डी कारोबारी जेपी भट्टराई सात करोड रकम फस्यो भनेर प्रहरीमा पीडित बनेर गएका थिए । अनुसन्धानका क्रममा उपाध्यायले भट्टरार्इको पैसा नखाएको तर, उनीहरू दुबैजना हुण्डी कारोबारी रहेको खुलेपछि प्रहरीले उक्त मुद्दामा हातहालेन । त्यसपछि यो विवाद पुग्यो मेनपावरको नाममा दलाली गर्ने समूह र गुण्डाहरूसम्म ।
हुण्डी कारोबारी भट्टराईले प्रहरीलाई उपाध्याय ठूलो कारोबारी हो भन्दै सूचना दिएर करोडौं असुल्न खोजेपछि दुबै जना कारोबारी रहेको खुलेको थियो । भट्टराईले आफ्नो खाताको पैसा उपाध्यायका नातेदारको खातामा ट्रान्सफर गरेको तर, फिर्ता नभएपछि फसेको भन्दै प्रहरीलाई गुमराहमा राख्न खोजेको आरोप छ ।

स्रोतका अनुसार अष्ट्रेलियामा रहेका भट्टराईका छोरा विनोद र सरोज ढकालबीच पार्टनरसीपमा हुण्डीको अबैध काम हुने गरेको थियो । जसका आधारमा भट्टराईले ग्राहकलाई पैसा दिँदै आएका थिए । प्रहरीले हुण्डीको व्यापार गर्ने यो समूहलाई कारबाही किन गरेन भनेर प्रश्न उठ्न थालेको छ ।

उनीहरूबीच तीन वर्षदेखि कारोबार भएको छैन । अहिले आएर भट्टराईका बाबु–छोरा र मेनपावर दलाललहरूले सात करोड फस्यो भन्दै दावी गर्न थालेको खुलासा भएको छ । प्रमाण विना करोडौं पैसा दावी गर्न थालेपछि ढकालको परिवार कानूनी बाटोको साहारामा पुगेको छ ।

पेमेन्ट नै नगरेको र जानकारी नै नभएका व्यक्तिलाई रकम दिएँ भनेर भट्टराईले झुटो फाइल तयार गरी ढकाल र उनको परिवारसँग तारन्तार बार्गेनिङ गरिरहेको ढकाल समूहको भनाइ छ ।

कारोबारका क्रममा भट्टराईका बाबुछोराले महिनामा १० देखि १५ लाखसम्म कमाउने गरेको तर, ढकालको समूहले तीन वर्षदेखि काम गर्न छाडेपछि भट्टराई आफ्नो कमाई गुम्यो भन्दै अवैध बाटोमार्फत ढकालबाट रकम असुल्न खोजिरहेको आरोप छ ।

यो प्रकरणमा राजश्व अनुसन्धान विभागले निष्पक्ष रुपमा छानविन गर्ने हो भने भट्टराई र ढकाल दुबै जना फस्ने निश्चित छ ।
यो काण्डमा अष्ट्रेलियामा रहेका काफ्ले थरका एक व्यक्तिले चासो राखेर मिलाउन दवाव दिइरहेको स्रोतको भनाइ छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal