eNepal

मेल्बोर्नको बाल चौतारी पश्चिम दोश्रो बर्षमा प्रबेश

मेल्बोर्नको पश्चिम तिर बिगत एक बर्ष देखी सन्चालनमा आएको बालचौतारी पश्चिमले आफ्नो पहिलो बर्ष उत्साहजनक रुपमा सम्पन्न गरेको छ। नेपाली भाषा र अतिरीक्त क्रियाकलापको कक्षा सन्चालन गर्दै आएको बालचौतारी पश्चिममा पन्द्र भाई बहिनीहरुले पठनपाठन गर्दै आएका छन्।

यसै हप्ताबाट दोश्रो बर्षमा प्रबेश गर्दै गरेको बाल चौतारी पश्चिमले अस्ट्रेलीयाको स्कुलको शैक्षीक सत्र अनुसार पठनपाठन सन्चालन गर्ने गरेको छ। मेल्बोर्नको टार्नेट लर्नीङ सेन्टरमा हरेक हप्ताको शनीबार बिहान नौ बजे देखी ११ बजे सम्म दुई घण्टा कक्षा सन्चालन हुँदै आएको छ।

गएको बर्ष बाल चौतारी पश्चिममा अध्य्यनरत भाई बहिनीहरुले चारवटा कार्यक्रममा आफ्नो नृत्य प्रस्तुत गरि सकेका छन् जसमा तिन नेपाली र एक श्रीलङ्काको कार्यक्रममा सहभागीता रहेको थियो।न्याभ बाल दिवस, नयाँ बर्ष धमाका नेपाल आईडलको साथमा लोसार कार्यक्रम लगायत श्रीलङ्कन सामुदायीक कार्यक्रममा आफ्नो प्रस्तुती दिई सकेका छन्। बृस्तीत जानकारीको लागि बाल चौतारी वेस्टका कोअडीनेटर डा: युगेन्द्र रेग्मीलाई ०४४९८७०३२१ मा सम्पर्क गर्न सक्नु हुन्छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal