eNepal

नेपाल आईडल भन्दा ठूलो ‘द भ्वाइस’ नेपालको तयारी हुदै, बिजेतालाई गित रेकर्ड संगै १ लाख डलर

बिश्वब्यापी टेलिभिजन रियालिटी शो ‘द भ्वाईस’ नेपालमा पनि भित्रीने भएको छ । यसअघि अन्तरास्ट्रिय फ्रेन्चाईज शो को रुपमा ‘नेपाल आईडल’ सम्पन्न भएको नेपालमा फेरि यो अर्को महँगो शो नेपाल ल्याउने तयारी गरिएको हो । एपिवान टेलिभिजनबाट संचालनमा आएको ‘नेपाल आईडल’का निर्देशक लक्ष्मण पौडेल र उनको टिमले यस्को तयारी गरीरहेका हुन् । । उनले नेपाल आईडल सके लगत्तै एपिवान टेलिभिजन छाडेका थिए ।

अमेरिकाबाट सुरु भएको बिश्व चर्चित ‘द भ्वाइस’ सांसरकै निकै महँगो रियालिटी शो हो भने हालसम्म १३ ओटा सेसन सम्पन्न भैसकेको छ । विकिपिडियाका अनुसार अमेरिकामा यस्को १४ औ शृङ्खला आउदो फेब्रुअरीको २६ तारिखबाट सुरु हुदैछ । सन् २०११ को अप्रिल २६ बाट सुरु भइ जुन २९ सम्म चलेको ‘द भ्वाइस’को पहिलो सेसनबाट ‘जाभिर कोलोन’ यस्को पहिलो बिजेता बनेका थिए । बिजेताको लागि गित रेकर्ड संगै १ लाख अमेरिकन डलर अर्थात १ करोड बढी नेपाली रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिन्छ ।

अमेरिका संगै अफ्रिका, नेदरल्याण्ड्स, अष्टेलिया, भारत लगायत झण्डै १९२ देशहरूमा ‘द भ्वाइस’को फ्रेन्चाईज सम्पन्न भैसकेको छ । यता नेपाल भित्र्याउने टीमले आधिकारिक जानकारी नगराएता पनि उनिहरुको फेसबुक स्टाटसले ‘द भ्वाईस’ पक्का नेपाल भित्रिने छ । द भ्वाइसको नेपाली टिममा नेपाल आईडलमा संगै सहकार्य गरेका होस्ट सुशील नेपाल संगै नेपाल आईडलकै रियालिटि हेड फिरोज तिमल्सीना लगायतका टीम रहने बुझ्न सकिन्छ । यसबारे बिस्तृत जानकारी बुझ्नको लागि केही समय प्रतीक्षा गर्नैपर्ने हुन्छ ।

साभार: न्युज २४

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal