eNepal

अन्तरास्ट्रीय बिधार्थी दोव्वर बनाईने: अस्ट्रेलीयन सरकारको रणनीति

immigrationअस्ट्रेलीयाको अर्थतन्त्रलाई हेर्ने हो भने अन्तरास्ट्रीय बिधार्थीहरु यहाँको एक मुख्य आर्थीक श्रोतमा रहेको छ। बर्षेनी बिश्वका प्राय देशहरुबाट उच्च शिक्षा हाँसील गर्न आउने युवा बर्गको बाडीनै हुन्छ। बिशेष गरेर एसियाका देशहरु जस्तै भारत, चाईना, थाईल्यान्ड, बङ्गलादेस, श्रीलङ्का, नेपाल आदिबाट पढ्न आउनेको बाहुल्यता रहेको पाईन्छ।अस्ट्रलीयन सरकारले बेला मौकामा आफ्ना शैक्षीक नीति नियमहरुमा परिबर्तन गर्ने भएकोले यसको असर आंसिक रुपमा बिधार्थीलाई पर्ने गरेको छ। नेपालबाट अक्सर आउने बिधार्थीहरु एकाउन्टीङ र आईटीका हुन्छन् तर परिवर्तीत शैक्षीक नीति नियमले उनीहरुलाई असर पारीरहेको हुन्छ।आफ्नो पढाई सक्न पूर्व आउने हल्लाहरु जस्तै SOL(Skilled Occupation List)बाट हटाउने होकि भन्ने हल्लाले बिधार्थीहरु धर्मरमा बसेका हुन्छन्।तेती धेरै लगानी गरेर सकि नसकि कलेजको फिको जोह गरेर पढ्ने अनि परिबर्तीत नियमले सताई रहेको पाईएको छ। हरेक बर्ष अस्ट्रेलियाको ईमिग्रेसनले एकाउन्टिक समुहहरु जस्तै सि पि ए अनि आई पि ए लगाएतका समुहसँगको सहकार्यमा आगामी सैक्षिक सत्रको लागि कति कोटा छुटाउने भनेर उनिहरुसँग धारणा माग्ने गर्छ। हामी नेपाली अलिक बडि मान्छेको लहैलहैमा अनि स्यालले खुट्टा लग्यो भन्दैमा स्यालको पछि लाग्ने तर खुट्टा नहेर्ने बानीले हतोत्साही हुन्छौ। भर्खरै मात्र एकाउन्टिङ बडिज् अन्तर्गत सि. पी. एले आफ्नो धारणा अगाडी ल्याएको छ जस अनुसार निम्न लिखीत कोड भएका एकान्टीङ बिषयहरु नहटाउन अस्ट्रेलियन ईमिग्रेसनलाई सुझाव दिएको छ।

221111 Accountant (General)

221112 Management Accountant

221113 Taxation Accountant

221212 Corporate Treasurer

221213 External Auditor

132211 Finance Manager

साथ साथै गएको बर्षको जुन कोटा थियो २५२५ त्यो पनि बडाउन आग्रह गरिएको छ।

यसबाट के आंकलन लाउन सकिन्छ भने आउँदो शैक्षिक सत्रको लागि जुन बजारमा हुईया फैलिएको थियो एकाउन्टीङ हटाउँदैछ भनेर यो हदसम्म कम भएको छ जसले गर्दा एकाउन्टीङका बिधार्थीलाई केही भएपनि राहत मिलेको छ। यो सबै नेपाली एकाउन्टीङका बिधार्थीहरुको लागि शुभसमाचार हुन सक्छ। बाँकि सबै ईमिग्रेसनको नतिजाले देखाउँछ जसको लागि जुलाई कुर्नै पर्छ। यसबाट के अनुमान लाउन सकिन्छ भने आगामी शैक्षीक सत्रको लागि एकाउन्टीङका बिधार्थीलाई खासै प्रभाव पार्छ जस्तो देखीदैन। अस्ट्रेलीयन् सम्युक्त सरकारले हालै मात्र जारू गरेको प्रेस बिग्यप्तीमा पनि आगामी १० बर्ष भित्र अन्तरास्ट्रीय बिधार्थीहरु अहिलेको तुलनामा दोव्वर भित्राउने रणनीति रहेको प्रस्ट्याएको छ। सरकारले आफ्नो नीतिलाई सुधार गर्दै बिभीन्न क्षमता भएका बिधार्थीको लागि आफ्नो शीप र योग्यताको आधारमा बाटाहरु खुला बनाउने जनाएको छ। यसले के प्रस्ट पार्छ भने बिधार्थीको भविस्य सुरक्षीत् हुने र आफ्नो योग्यता र दक्षताका आधारमा आफ्नो करियर बनाउनमा अभिप्रेरीत गर्नेछ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal