eNepal

एक घर एक नेपाली कलाको अभियानलाई प्रोत्साहन दिदै मेल्बोर्नको चित्रकार ग्यालरी

देश छोडेर परदेशीएसँगै नेपाली कला र सँस्कृतीलाई जिबीदता दिदै बिगत केही बर्ष देखी अस्ट्रेलीयामा नेपाली कलालाई प्रबर्दन गर्न चित्रकार ग्यालरीले उल्लेखनीय भुमीका खेल्दै आएको छ। कलाको माध्यमबाट बिदेशीहरुलाई नेपाल र नेपालीको कला, सँस्कृती, बिबीधता, रहनशहन आदिबारे चिनाउने अभिप्रायले अस्ट्रेलीयाका बिभीन्न राज्यहरुमा सफलता पुर्बक चित्रकला प्रदर्शनी गरिसकेको चित्रकार ग्यालरीले अझ यसलाई बढावा दिन एक घर एक नेपाल कलाको अभियानलाई जोड दिएको छ।

मेल्बोर्नमा नेपाली समुदाएको स्थाईरुपमै बसोबास गर्ने क्रम बिगत केही बर्ष देखी उल्लेख्य रुपमा बड्दै गएको छ। अक्सर प्रायले घर किनेर बस्न थाली सकेका छन्। घर किनेसँग नेपालीको पहिचान झुल्काउने खालको कलाका सामाग्री राख्ने क्रमपनि उत्तीकै मात्रामा बढेको देख्न सकिन्छ। प्रायले नेपालबाट कलाका सामाग्री ल्याएर नेपालीत्व झल्काएको देखीन्छ भने केहीले चित्रकार ग्यालरीबाट बिभीन्न कलाका सामाग्री किनेर राखीएको देख्न सकिन्छ।

कला र सँस्कृतीलाई जगेर्ना गर्नका साथसाथै भाबी पुस्तालाई आफ्नो मौलीक सँस्कृतीबारे जानकारी दिन यस्ता सामाग्रीले प्रुमख भुमीका खेलेको हुन्छ र आउने पुस्तालाई हस्तान्तरण गर्न पनि सजिलो हुन्छ। यहि कुरालाई मनन गर्दै चित्रकार ग्यालरीले एक घर एक नेपाली कलाको अभियानलाई अगाडी सारेको छ जसले बिदेशी सँस्कृतीमा हुर्किदै गरेका अबको पिँढीलाई थोरबहुत आफ्नो पहिचान चिनाउनमा मद्दत गर्नेमा आफु सदैब कटीबद्द भएर लाग्ने चित्रकार ग्यालरीका अरुण चित्रकारले बताउनु भयो। यो एउटा नेपाललाई अन्तरास्ट्रीय स्तरमा चिनाउने अभियान हो र यसमा नेपाली समुदाए पक्कै पनि सकारत्मक हुनुहुन्छ र यस अभियानलाई सफल बनाउनमा मद्दत गर्ने कुरामा ढुक्क रहेको बताउदै कोही कसैलाई कलाका सामाग्री चाहिएमा अरुण चित्रकार यानिकी चित्रकार ग्यालरीको मोबाईल नम्बर ०४४९११४८६८ मा सम्पर्क गर्न सक्नु हुनेछ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal