eNepal

आखिरी किन लेखे प्रेम बानीयाँले फेसबुकमा यस्तो स्टाटस

हजारौं प्रिय साथीहरुले फेसबुक अनि अन्य सञ्जालमा पठाइरहनु भएका सयौं म्यासेजहरु (जसभित्र गहिरो माया र आत्मीयता हुनुपर्छ) पढ्न र प्रतिक्रिया दिइरहन भ्याएको छैन (सकेसम्म कोसिश गरिरहेछु) यसप्रति माफी माग्दै सबैलाई यसै स्टाटसबाट सम्बोधन गर्ने प्रयत्न गर्दैछु ।

हजारौं शुभचिन्तकहरु ‘लौन चाँडो नेपाल फर्किनुपर्यो’ भनिरहनु भएको छ । राजनीतिमा आएको नयाँ क्षितिजसँगै कतिपय राजनीतिकर्मीहरु, सरकारी सेवामा रहनुभएका व्यक्तित्वहरु, टेलिभिजन जगतका मेरा अनन्यहरु, सवभन्दा बढी त प्यारा दर्शकहरुले निरन्तर म्यासेजहरु गरिरहनु भएको छ र चाँडै नेपाल आउनुहोस् भनिरहनु भएको छ । एक शुभचिन्तक निलमनी भण्डारीले त ‘जनताको आँसुले पोल्ला, टुहुरो बनायौ’ जस्ता उच्चसमवेदनामा (म र मेरा प्रिय मित्र रबिजीका बारेमा) गीत गाएर यूट्यूबमा अपलोड गर्नुभएको भिडियोले नै मनमा पोलेको छ, छट्पटी त स्वभाविक नै छ ।

https://youtu.be/Z2vQASqnGxY

र, मैले यी सबैका प्रति केही न केही बोल्नैपर्छ जस्तो लागेर यो लेख्दैछु ।

देश र स्वाभिमानप्रतिको मेरो तपस्यामा एक इन्च पनि तलमाथि परेको छैन भलै, भन्नेहरुलाई बाटो छ । म झन् नजिक पुगेको छु र झन् बलियो बन्दैछु मेरो स्वाभिमानको उचाईतर्फ । मेरो मातृभूमिका निमित्त मैले जेजे आर्जन गरिरहेको छु, जेसुकै, कुनैपनि सर्तबिना देश र स्वाभिमानको हितमा मात्रै प्रयोग गर्नेछु । र, विदेसमा केही वर्ष पढ्न, सिक्न आएको ‘मान्छे’सँग यतिधेरै अपेक्षाहरु बर्सिरहँदा मेरो एउटा खास सपनामा साथ दिनका लागि सबैलाई अनुरोध गरिरहेको छु ।
सपना स्वदेशकै हो र स्वाभिमानकै हो । देश बनाउने सबैको साझा सपनाका लागि एक विशेष अभियानको । संसारभर छरिएर रहेका नेपालीबीच ‘स्वाभिमानी नेपालीका समूहहरु’ बनाउँदै क्रमश एक खास वातावरण निर्माण गरेर विदेशिएका धेरै नेपाली स्वदेश फर्किने अभियान । अनि स्वदेशमै श्रम र रोजगारीको वातावरण बनाउने विशेष अभियान । केही समय लाग्ला तर पवित्र उदेश्यका साथ देश र स्वाभिमानमा समर्पित यो अभियानमा विदेश र स्वदेशमा रहेका सबै नेपाली एक हुनुहुनेछ भन्ने आशा र भरोसा लिएको छु ।

बिदेशमा एक वर्ष र केही महिना बितेर गएको छ तर यसबीच स्वदेशमा धेरै प्रकारका परिवर्तनहरुको गाँज देखिरहेछु । हरेक क्षेत्रमा युवा पुस्ताको जबर्जस्त उपस्थिती प्रभावी बन्दैछ, यसले मलाई यतिधेरै आल्हादित बनाएको छ कि अब देश समृद्धिको बाटोमा अघि बढ्नुको कुनै विकल्प छैन भन्ने विश्वासको जग बसेको छ मनमा ! यसो हुँदैगर्दा मैले आफ्ना केही मिशनहरुलाई फरक गर्ने अभ्यास थालेको हुँ र जति समय बिदेशमा बस्छु स्वदेशकै लागि केही गर्ने कोशिसको प्रारम्भ गर्दैछु जसमा सबैको साथको आशा छ ।
संसारका कतिपय देशहरुमा हाम्रो टिम बनिसकेको छ र त्यसलाई हामीले ‘स्वाभिमानी समूह’ भनेका छौं, जस्तो कि स्वाभिमानी समूह (देश वा जिल्ला वा शहरको नाम) तपाईंहरु जोजो, जहाँजहाँ हुनुहुन्छ स्वतन्त्ररुपले स्वाभिमानी समूह बनाउँदै देश र स्वाभिमानका प्रति सकारात्मक कामहरु गर्दै जानुहोस् । तर, निर्मम् सत्यचाही यो कुनैपनि राजनीतिक दल, धर्म, जातजाति, वर्ग वा भेदहरुबाट माथि उठेर त्यस्तो पक्षपाती समूह बनोस् जसको ‘सवथोक’ देश र स्वाभिमान मात्र होस् । विदेश गएकाहरुसँग स्वाभिमान नै हुदैन भन्नेहरुलाई देशका प्रति सानाठूला काम गर्दै सकारात्मक जवाफ दिने मञ्च बनोस्, नेपालभित्र देश र स्वाभिमानका प्रति काम गर्ने युवाहरुको समूह बनोस् । यसरी संसारभर बन्ने हाम्रा समूहहरुले विदेशमा रहेका लाखौं नेपालीलाई स्वदेश फर्किने अभियानका लागि वातावरण बनाउँदै र मद्दत गर्दै जाओस् । तपाईले आफू रहनुभएको देश वा स्थानमा यस्तो समूह बनाउनु भएपछि सामान्य जानकारी आपसमा साटासाट गरिदिनु भयो भने आभार व्यक्त गर्दथें अन्यथा कसैलाई नभनीकन देश र स्वाभिमानका पक्षमा खुरुखुरु राम्रा कामहरु गर्दा पनि आनन्द बेग्लै हुन्छ । मलाई विश्वास छ, संसारभर छरिएर रहनुभएका नेपालीहरु स्वतन्त्ररुपले स्वाभिमानखातिरको यो पवित्र अभियानमा एकएक भएर जुट्दै जानुहुनेछ ।
र, यस अभियानबारेका जानकारीहरु क्रमश शेयर गर्दै जानेछौं ।

जय स्वाभिमान ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal