eNepal

अन्ततः लाप्राक बासीले बास पाउने भए

Laprak-village-in-Gorkha-Nepal२०७२ बैसाख ११ गते गएको बिनासकारी भुकम्पको असर गोरखाको लाप्राक गाविसमा नमज्जाले पर्न गयो।दिन महिना हुँदै बर्ष दिन बित्दा पनि न त सरकारको आँखा गयो न त सरोकारवालाको। झिनो आशमा पाल र झिङ्गटीको अस्थाई घरमा बस्दै आएका लाप्राक बासीको मुहारमा खुसीका रङहरु देखीन थालेको छ।केही दिन अघि मात्र लाप्राकको गुप्सीपाखामा राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, सहरी विकास मन्त्रालय र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बीच लाप्राकको पुनःनिर्माणका लागि त्रिपक्षीय सम्झौता भएको छ।
यो सम्झौतापछि लाप्राकका बासिन्दामा छाईरहेको सन्नाटा केही हद सम्म कम भएर सुनौलो बिहानीको प्रतीक्षामा रहेका छन्। भुकम्प पछिको लाप्राक यदि भयाभह र हृदयबिदारक थियो। तेही माटोमा २५ जनाले आफन्त गुमाएका थिए भने ५९२ घर क्षतीग्रस्त भएका थिए।बस्तीनै पुरै चिरा चिरा परे पछि बैकल्पिक बासको लागि सोही गाविसको गुप्सीपाखामा रहेको सामुदायिक र राष्ट्रिय वनको १८.३२ हेक्टर जमिनमा सार्ने निर्णय गरेको थियो ।प्रती घर २ लाख ५० हजार लाग्ने यो नमुना बस्ती एक नमुना बस्ती हुने छ।भौगोलिक विकट क्षेत्रमा भएका जिल्ला भएकोले प्रति घरको सामग्री ढुवानीमा रु ५० हजार खर्च हुने अनुमान एनआरएनएले गरेको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal