आगामी १२ नोभेम्बरबाट मेल्बोर्न रेनीगेड्स च्याम्पीयन्स लिग हुने भएको छ। पार्क स्ट्रीट पार्कभीलमा हुने लिगको लागि नेपाली टिमको छनोट भई सकेको छ। तारा गैरे टिम म्यानेजर रहनु भएको नेपाली टीममा सुनम गौतमको क्याप्टेनसीप रहने भएको छ भने भाईस क्याप्टेन असीम सुबेदी हुनु हुन्छ। अन्य खेलाडीहरुमा शुशन गुरुङ्, राज कुमार गुरुङ, बिस्वास मानन्धर, रोशन पौड्याल, सजेन्द्र श्रेष्ठ, चिरीन्जिबी न्यौपाने, सुरज श्रेष्ठ, कुसल तुलाधर, मनिष खकुरेल, अनिल खनाल, केशब पन्त, किरण कन्डेल र निरज श्रेष्ठ हुनु हुन्छ।

हाल अभ्यासको क्रममा रहेको नेपाली टीमले भारत, अफ्गानिस्तान, श्रीलङ्का, बङ्गलादेश र पाकिस्तान टिमसँग खेल खेल्दैछ। पहिलो खेल १२ नोभेम्बरका दिन बङ्गलादेश र श्रिलङ्कासँग खेल्दैछ भने १९ नोभेम्बरका दिन ईन्डिया र अफ्गानिस्तानसँग खेल्दैछ। त्यस्तै गरेर ९ डिसेम्बरका दिन पाकिस्तानी टिमसँग भिड्ने पक्का भएको छ।

नेपाली क्रिकेट टोलीको लागि यो दोस्रो अवसर हो। यस अघिको नेपाली टीमले सेमिफाईनल सम्मको यात्रा तय गरेको थियो। क्रिकेट अस्ट्रेलीयाका कम्युनिटी एम्बेसडर समेत रहेका तारा गैरेका अनुसार मेल्बोर्न रेनिगेड्समा स्थानिय क्लवहरुले समेत खेल्ने भएकोले नेपाली खेलाडीहरुको लागि आफ्नो कौशल देखाउने राम्रो अवसर रहेको बताउनु भएको छ।

