गत २८ अक्टोबर सनिबार मेलबोर्नको इस्टोनियन हाउसमा , मेलबोर्नमै बसोवास गर्दै आइरहेका स्थानीय कलाकारहरुको संग्लगनतामा आयोजना गरिएको सांगीतिक कार्यक्रम सफल भएको छ | हरेक चोटी नेपालबाट मात्रै कलाकारहरु आमन्त्रित गर्दै आइरहेको अवस्थामा साउन्ड अफ नेपाल एउटा भिन्न शैलीको सफल कार्यक्रम हुन पुगेको छ |
यस कार्यक्रम साच्चै नै प्रवासमा जन्मेर हुर्केका नया पिंढीहरुमा हाम्रा पुराना लोकप्रिय गित संगीतहरुको प्रस्फुटन गर्ने माध्यम बनेको छ | बिदेसी व्यस्त जीवनशैली हुदा हुदै पनि आफ्नो महत्वपूर्ण समय निकालेर आयोजना गरियको उक्त कार्यक्रम सांगीतिक कार्यक्रम मात्र नभई एउटा रमाइलो पारिवारिक जमघट जस्तो देखिन्थ्यो | जहाँ प्रेमीले प्रेमिका रिसाउद फकाउन गायको गित देखि स्वोर सम्राट नारायण गोपालको मधुर भावका गीतहरुसम्म गुन्जिय |
कार्यक्रमको सुरुवातमा बजाएका बाध्यवादनहरुले नभन्दै उपस्थित सम्पूर्णको मुहार उज्यालो बनायको थियो | सनिवारको त्यो सुमधुर साँझले हामीमा हाम्रा अविस्मरणीय सिर्जनाहरुको झझल्को पुन एकपटक गरायको थियो |

