गएको लक्ष्मी पुजाको साँझ मेल्बोर्नका नेपाली समुदायहरुको लागि दुखद रह्यो। क्याम्बरवेलमा रहेको घरमा साँझ एकाएक आगो लागे पछि २५ बर्षिय मोहीर रिमालको मृत्य भएको थियो।
यो दुखद घटनाले सबै नेपालीलाई स्तव्ध बनाएको छ। यस्तो बिषम परिस्थीतिमा शोकाकुल परिवार प्रती भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन।
साथै उनको प्राथीब शरीरलाई नेपाल पठाउनको लागि सहयोगको अपील गरिएको छ। एनआरएनए भिक्टोरीया कोअडीनेटर केशब कन्डेल मार्फत जानकारी भए अनुसार प्राथीब शरीर नेपाल लैजानको लागि करिब १०००० डलर लाग्ने जनाईएको छ। प्राथीब शरिर आउँदो मङ्लबार, ३१ अक्टुबरका दिन लैजाने तयारी भएको छ। सहयोगको लागि एनआरएनको निम्न खातामा आफुले सकेको सहयोग गर्दिनु हुन अनुरोध गरिएको छ।
NRNA Australia
BSB: 032 006
Account Number : 561 809


