eNepal

अस्ट्रेलीयामा यसरी मनाईयो तिहार – लङ्गुर पुर्जा देखी मखमली माला अनि देउसी र भैलो

हाम्रा चाडबाड अव नेपालमा मात्रै सिमीत रहेन। नेपाली पुगेका र बसेका सँसारका हरेक कुनामा चाडबाड मनाईने क्रम बिगतका बर्षहरुको तुलनामा यसपाली अझ बढि देखियो। अस्ट्रेलीयामा पनि केही बर्षहरु अघि सम्म सामुहिक भेला भएर मनाई दशै र तिहार जस्ता चाडपर्ब अहिलै प्रायले धुमधामका साथ मनाउन थालेका छन्।
बड्दो नेपालीहरूको आगमन अनि क्रमैसँग बिधार्थी जिवन सकेर यहाँको ईस्थाई बसोबासको अनुमती लिनेहरु पनि प्रसस्तै भएकाले घर किन्ने क्रमपधि बढि रहेको छ। घर किने सँगै नेपाली पारामा घरलाई सिङ्गार्ने, बत्तीले झिलीमिली बनाउने देखी घरमै सयपत्री र मखमलीको मालाहरु उमार्ने पनि देखिन थालेको छ। दशैमा अक्सर प्रायको घरमा जमरा रोपीएको देखियो भने तिहारमा पनि घर घरमा लक्ष्मी पुजा गरेको देखी सेलरोटी, अनरसा, फिनी पकाएर नेपालको पुराना यादलाई ताजा बनाउने सम्म देखियो।

त्यस्तै गरेर कुकुर पाल्नेहरुले कुकुरलाई माला लगाई दिएर कुकुर पुजा गरेको देखियो। तिहारमा नेपाल जान नपाएका दाजुभाई दिदी बहिनीहरुले आफ्ना दाजु भाई अनि दिदी बहिनीलाई यतै बोलाएर भाई टिका लगाएको पनि देखियो। त्यस्तै आफ्ना आमा बुबालाई बोलाएर दशै लगाएत बिभीन्न पुजा पाठ लगाएको देखियो।

बड्दो नेपाली समुदाएसँगै नेपाली पसलहरु खोलिने क्रम पनि बढ्दो रुपमा रहेको छ। नेपाली पसलहरुले भाई मसला देखि तिहारको लागि चाहिने सबै पुजाका सामाग्रीहरु राखि दिएकोले प्राय सबैलाई सजिलो भएको देखियो। त्यस्तै गरेर मखमलीका मालाहरु नेपाल देखी ल्याएर बेचेको पनि पाईयो। प्राय दाजु भाईका गलामा प्लास्टिकका मालाको साटो मखमलीको माला लगाईएको देखियो। सेल रोटी बनाएर बेच्नेहरु पनि प्रसस्तै भेटीयो। मेल्बोर्नमा रहेको बिगबेली रेस्टुरेन्टले मात्रै करिब ३००० सेल रोटी बेचेको पाईयो।

दशैमा सामुहिक जमरा रोपेर पाएक परे सम्मका लाई जमरा बितरण गरेकोपनि देखियो भने दशैमा फार्मबाट खसी ल्याएर बेच्ने क्रम यस पटक गत सालहरुको तुलनामा अझ बढि पाईयो। नेपाली ग्रोसरीहरुले पनि छाला भएको खसीको मासु बेचेर नेपालीलाई थप नेपाली पनको आभाष दिनमा लागि परेको पाईयो।
बिदेशमा त के चाड के बाढ भनेर झोक्राएर बस्ने दिनहरु बिस्तारै हराउँदै गए। बिभीन्न समाज र सँस्थाहरुले सामुहिक दशैको टिका लगाउने कार्यक्रमहरु राखेर आभिभाबकत्वको जिम्मेवारी निर्भाह गरेको देखियो। न्याभ लगाएत क्रेगीबन नेपाली समाज, दिदी बहिनी समाजले दशै तिहारका बिशेष कार्यक्रम गरेका थिए।

यस पटकपनि बिभीन्न समाज र सँस्थाहरुले देउसी भैलो कार्यक्रम गरेर मनोरन्जन गरेको देखियो। पाँच दिन मनाईने तिहारमा हरेक दिन जसो देउसी भैलोको कार्यक्रमहरु लिएर बिभीन्न समाजका अगुवाहरुकोमा रमाईलो गरेको भेटीयो। यती एफसी क्लबले गएको सालमा जस्तै यो बर्षपनि देउसी कार्यक्रम गरेको थियो।
लिङ्गे पिङ नभए पनि ठाउँमा रहेका पार्कमा राखिएका पिङमा पिङ् खेलेर बर्षमा एकचोटी धर्ती छोड्ने पुरानो परम्परालाई निरन्तरता दिने क्रमपनि प्रसस्तै देखियो। त्यस्तै घर घरमा रमाईलोको लागि लङ्गुर पुर्जा खेलेर पुराना यादलाई व्युँताउने प्रयास गरेको देखियो।

बिदेश भनेर मात्रै रहेन अव नेवारी परम्परा अनुसार मनाईने म्ह: पुजापनि नेवार समुदायले सामुहिक रुपमा मनाईएको देखियो। हामी जहाँ गएनी हाम्रो परम्परा कदापी हराउँदैन र यसलाई हामी पछाडीकी पुस्तालाई सिकाउन कुनै पनि कन्जुसाई गर्न हुँदैन भन्नेमा धेरै अभिभावकहरु चिन्तीत भएको पाईयो। आफ्ना छोरा छोरीलाई नेपाली भेषभुषा लगाई दिने देखी नेपाली गीतहरुमा नाँच्न सिकाउने क्रम पनि बढ्दै गएको छ। त्यस्तै नेपाली भाषा बोल्नपनि अभिप्रेरीत गर्ने प्रसस्तै भेटिन थालेको छ।

आजकाल नेपाली पन्डीतहरु पनि भएकाले पुराण देखी लाख बत्ती बाल्ने, न्वारण देखि पास्नी, ब्रतबन्ध र बिबाह र मृत्यु कर्म पनि नेपाली परम्परा अनुसार हुने गरेको छ। अव बिदेश भनेर नेपालमा रहेकाले आफ्ना सन्तानले के गरे , कसरी चाडबाड मनाए भनेर पिर चिन्ता गर्न पर्ने खासै देखिन्न। आफुले भ्याए सम्म र पाएक परे सम्म मनाउन थालेका छन्। फगत आफ्नो माटोमा गरेको रमाईलो जस्तो नहोला तर हरेक कुराहरुको सहजताले चाडबाढमा आफ्नो माटो भुलाउन क्रम पक्कै पनि बड्दै गएको छ जुन साँच्चैनै सकारत्मक कुरा हो। रम्ने र रमाउने आफ्नो बिचार हो तर एक्लो पनको महसुस अव बिदेशमा पनि हुँदैन यदि समाजमा मिलेर बसेको खण्डमा।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal