eNepal

मेल्बोर्नमा छठ पर्व २६ र २७ अक्टुबरका दिन दुई चरणमा मनाईदै

सुर्यको पुजा गर्दै मनाईने छठ पर्व यो बर्षपनि मेल्बोर्नमा धुमधामका साथ मनाईने भएको छ। भिक्टोरीयामा रहेको मधेसी समुदायले गएका सालहरु जस्तै यो बर्ष पनि २६ र २७ अक्टुबरमा दुई चरणमा यो पर्व मनाउन लागेको हो। २६ अक्टुबर साँझ ६:०० देखी ८:३० सम्म र २७ अक्टुबर बिहान ५:०० देखी ७:०० सम्म यो बिशेष पर्ब एड्वार्ड लेक पार्क रिजर्भोयरमा मनाईन लागिएको हो।

षष्ठी तिथीका दिन मनाईने छट पर्ब बिशेष गरेर नेपालको तराईमा मनाईने चलन चलि आएको छ। तराई क्षेत्र केन्द्रित छठ पर्व आजकाल नेपाल अधिराज्य भरीनै धुमधामका साथ मनाईने गरिएको छ। सद्भाव र भात्रृत्वका प्रतीकका रुपमा नदी, तालतलैया वा पोखरीमा श्रृङ्गारिएर तयार पारिएको घाटहरु, केराको थाम्बा अनि झिलीमिली बत्तीहरु बिचमा अस्ताउँदो र उदाउँदो सुर्यलाई दुधको अर्ग दिएर मनाईने चलन चलि आएको छ।

छठ पर्वमा बिशेष गरेर ठेकुवा, चामलको पिठोको भुसुवा र फलफुलहरुले आँगन सजाईन्छ अनि पुजा गर्दा उखु, केराको बोट, बेसार, अधुवा, नरिवल, जौ, भुसुवा, ठोकुवा, फलफुल र मिठाईहरु आबस्यक पर्दछ। यी खाध्यबस्तुहरुलाई साँझ बाँसले बुनेको छैँठीमा राखेर खोला, नदी किनारा वा पोखरीमा विधी पुर्वक शिरमा राखेर लैजाने चलन रहेको छ। जलाशयमा पसेर सो सामाग्रीलाई अस्ताउँदो सुर्यलाई अर्घ दिन्छन् र सोही अनुरुप भोली पल्ट उदाँउँदो सुर्यलाई पनि अर्घ दि्छन्। छठमा ब्रत बस्ने ब्रतालुले एक महिना देखी लसुन, प्याजका साथै माछा मासु नखाई बस्न पर्ने चलन रहि आएको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal