eNepal

देउसी भैलोमा रमाउँदै येति फूटबल क्लब

तिहार भन्ने बित्तिकै बिशेष त हामी नेपालिहरुको बडा दशैं पछिको अर्को ठुलो महत्वपूर्ण चाडका रुपमा लिईन्छ | पाँच दिन सम्म धुम धामले मनाईने यस पर्वलाई दिपावली , र यमपन्चक नामले समेत चिन्निन्छ | घर भरि दिप बालेर उज्यालो बनाउने यस चाडलाई ”फेस्टिभल अफ लाइट” को उपनाम पनि दिईयको छ |

कार्तिक कृष्ण पक्षको त्रयोदशीमा काग तिहारबाट सुरु भएर कार्तिक सुक्ल पक्षको द्वितीय यानिकी भाई टिकामा समापन हुने दिपावलीमा, देउसी भैलोलाई बिशेस प्राथमिकता दिइन्छ | घर घरमा लक्ष्मी भित्र्याय पश्च्यात नाच, गान गरेर देउसी भैलो भट्याउदै आफ्ना छर छिमेकी, साथीभाई र समुदायमा वसोवासित सम्पूर्णमा खुसि आदान प्रदान गर्ने खास मौका हो तिहार |

समय गतिशील छ तर हाम्रो कला, संस्कृति र मूल्यमान्यतापनि समयको बहावलाई टक्कर दिदै अगाडी बढ्न सफल भयको छ | जन्मदै आत्मसाथ गरेको त्यो रमाइलो अनि हरेक कोहीमा आत्मीयताको भावना जगाउने त्यो चाड हामिले कसरि बिर्सन सक्छौ | प्रमाण; गत वर्षझैँ यसपालि पनि देउसी भैलोमा रमाउदै गरेको अस्ट्रेलियन नेपाली समुदायमा स्थापित येति फुटबल क्लब |

हुनत फुटबल क्लब भन्ने बितिकै यसको उद्यस्य खेलकुद हो भन्ने बुजीन्छ | तरपनि समाजमा स्थापित भयपछि सामाजिक चालचलन र रितिरिवाजलाई पछ्याउनु सबैको हक अनि जिम्वेवारी भित्र पर्न जान्छ | येति फुटबल क्लब खेलकुदमा मात्र नभई सामाजिक गतिबिधिहरुमा आफ्नो भरपुर संग्लग्नता जनाउदै आएको छ | स्वोदेशमा चाडवाड आउदा जति मन रमाउछ, त्यतिनै रमणीय लाग्छ बेदेशमा पनि | तिहार दैलोमा भित्रिदै गर्दा येति फुटबल क्लबले मेलबोर्नमा आफु वसोवास गर्ने नेपाली समाजमा देउसी भैलो गाउन थालिसकेको छ | हिजो देखि यस क्लबले क्लबका सम्पूर्ण सदस्यहरु र अन्य समर्थकहरुलाई साथ लिएर देउसी सुरु गरेको हो | स्वोदेशबाट टाढा रहदापनि आफ्नो संस्कृतिको जगेर्ना गरि नयापिढी सम्म पुर्याउने हेतुले मादल, गितार, लगाएतका अन्य संगीत साधनाहरुको साथमा नाच गाना गर्दै रमाइलो अनि फरक ढंग बाट यस क्लबले मेलबर्नमा आज देउसी खेलेको भैलो खेलेको छ |

विदेशी ब्यस्त जीवनशैली हुदाहुदै पनि आफ्नो अमुल्य समय निकालेर यसरि आफ्नो रितिरिवाजको उत्थान गर्नु आफैमा एउटा गर्ववान्नित कार्य हो | यसरि हरेक कोहिले आफ्नो जीवनको थोरै समय आफ्नो संस्कृतिको जगेर्नातिर छुट्टाउने हो भने पक्कै पनि पश्चिमेली संस्कृतिको मोहले हामीमा कहिल्यै गाढापन ल्याउदैन |

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal