eNepal

मेल्बोर्नमा “पर्खीरहेको घर” बिमोचन र लक्ष्मी जयन्ती बिशेष हुँदै

म अक्षरहरुको पहाड चड्दै छु
भावनालाई भर्याङ्ग बनाएर
तिमी चार पर्खालको पाठ्यक्रम
नरटाउ मलाई
मैले मरुभुमी टेक्नु छु
मैले हिमाल टेक्नु छु
मेरो यात्रा भरमा
(पर्खि रहेको घर …)

पहिलो कृती “बाटो छेक्छन जुन ताराले” आठ बर्ष अगाडी सार्वजनिक गरि सकेकी मेल्बोर्नवासी कवयत्री पार्वती पहारी तुफान अहिले दोस्रो कृती “पर्खिरहेको घर” कविता सङ्ग्रह लिएर आएकी छन्।

राजनिती, आर्थीक र सामाजिक कोणले समाजमा पारेका प्रभाव, विदेशमा रहँदा लाग्ने देशको मायाँ र आफन्त प्रतीका बिछोडका अनुभुतीहरुलाई कवितात्मक शैलीमा विम्व प्रतिकको प्रयोग गर्दै प्रस्तुत “पर्खीरहेको घर” कविता सङ्ग्रह श्रृजीत भएको छ।
यहि १५ अक्टुबरका दिन कोबर्गको बिगबेली रेस्टुरेन्टमा भिक्टोरीयाका लागि अवैतानीक महावाणिज्य दुत चन्द्र योन्जनद्वारा उक्त कबिता सङ्ग्रह बिमोचन हुँदैछ।

१०८ औं लक्ष्मी जयन्तीको अवसर पारेर साहित्य सङ्गीत जमघट भिक्टोरीया द्वारा गरिने उक्त कार्यक्रममा एनआरएनए भिक्टोरीया, नेप्लीज एशोसीयसन अफ भिक्टोरीया, क्रेगीबन नेपाली समाज, एभ्रेस्ट प्रोपर्टी तथा अन्य नेपाली सङ्घ तथा सङ्गठनहरुको सहयोग रहने छ। साथै कार्यक्रममा मेल्बोर्नवासी सम्पर्ण साहित्यकारहरुले रचना सुन्न र सुनाउने छन् भने “पर्खीरहेको घर” कविता सङ्ग्रह माथि समालोचक तथा मनमती पत्रीकाका सम्पादक श्रीधर पौडेलले समालोचना गर्नु हुनेछ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal