अस्ट्रेलीयन डलर पाँच हजार पहिलो पुरस्कार राखेर आयोजना गरिएको Yes Study Australia एम्बेसडरको उपाधी मेल्बोर्न युनाईटेड एफसीले चुमेको छ। सेभेन ए साईड ईन्टर स्टेट टुर्नामेन्ट अन्तर्गत भएको शो खेलमा अस्ट्रेलीया भरीबाट २० टिमहरुको सहभागी रहेको थियो।
सिड्नीको डाँफे फुटबल क्लबलाई हराउँदै युनाईटेड एफसी मेल्बोर्नले पाँच हजार डलर नगद रहेको ट्रफी चुमेको थियो। युनाईटेडका तर्फबाट निरोज पाण्डे र साजन थापा मगरको सानदार गोलनै निर्णायक गोल बन्यो भने साजन थापा मगर म्यान अफ द म्याच भएका थिए।
यस टुर्नामेन्टलाई Yes Study Australia ले मुख्य प्रायोजन गरेको थियो भने ईभेन्ट पाटनरको रुपमा हार्बर कलेज र पोली टेक्नीक ईन्सटिच्युट रहेका थिए। उपादी बिजेता यनाईटेड एफसी मेल्बोर्नलाई एईसिसी ग्लोबल, बुद्द ट्राभल एण्ड टुर्स, वायर च्वाईस र व्याप्स रेस्टुरेन्टले प्रायोजन गर्दै आएको छ।
लेम्बर्ट पार्क वभल सिड्नीमा आयोजना भएको यस खेल २३ र २४ सेप्टेम्बर गरेर दुई दिन सम्म चलेको थियो।
मेल्बोर्नको नेपाली फुटबल टिम अस्ट्रेलीयामा नेपाली टिमहरुमाँझ अव्बल टिमको रुपमा लिने गरिएको छ। बड्दो युवाहरुको अस्ट्रेलीया आगमन सँगै नेपालीहरुको खेलप्रतीको झुकाबले गर्दा धमाधम क्लबहरु आउँने क्रम बड्दो रुपमा रहेको छ।
युनाईटेड क्लबका उपाध्यक्ष समेत रहनु भएका सोलाङ्चरका राजु शाक्यले दश घण्टाको लामो यात्रा अनि थकानलाई कुनै परबाह नगरी खेलाडीहरुले उत्कृष्ठ खेल प्रदर्शन गरेर ट्रफी चुमेकोमा आफु धेरै खुसी भएको र साच्चै राम्रो खेल्छन् भन्ने कुरालाई प्रमाणीत गरिदिएको कुरा व्यक्त गर्नु भएको थियो। उपाधीको साथमा मेल्बोर्न फर्किएको युनाईटेड एफसीलाई समाजका अगुवा र क्लबका पदाधिकारीहरुबाट स्वागत गरिएको थियो।

