eNepal

युटुबमा रमाउदै यी दुई झिल्के

सामाजिक संजाल हिजोआज हरेक कोहिका लागि आफ्नो प्रतिभा पस्कने माध्यम बन्दै आइरहेको छ | एसको बढ्दो प्रयोगले संसार हातमा अटायको छ | समाजमा एसको प्रभाब अहिले बढ्दो क्रममा पाईन्छ | फेसबुक, त्विटर, इन्स्टग्राम, युटुब ईत्यादी अहिलका चर्चित सामाजिक संजाल हुन् |

हिजो आज एस्ता सामाजिक संजालहरुले युवाहरुमा सकारात्मक संगसंगै नकारात्मक प्रभाब पनि छाड्दै आयको छ | तर सरसर्ती हेर्ने हो भने सामाजिक संजालले प्राय युवा पिढीलाई विभिन्न अवसरहरु प्रदान गर्दै आइरहेको छ | झन् युटुब त अहिले प्रतिभावान व्यक्तिहरुका लागि आफ्नो प्रतिभा देखाउने दरिलो साधनका रुपमा बिकसित हुदै छ |

यिनै सामजिक संजाल मार्फत तात्तातो चर्चामा रहेका दुई प्रतिभावान युवा; अमृत न्यौपाने र हरिश क्षत्री | यी दुई साथीले यक अर्का संग सहकार्य गरेको छोटो समयमानै युटुब मार्फत दर्शकहरुको मन जित्न सफल भईरहेका छन् | समाजमा घटिरहेका गतिबिधिहरुमा चित्त नबूजेको खण्डमा व्यंगात्मक शैलीका कमिड़ी भिडियो बनाउदै आयका यी दुईको हरेक भिडियोले अहिले सामाजिक संजालमा दर्शकहरुलाई मज्जाले हसाउछ |

सुरुमा यी दुईले छुट्टा छुट्टै भिडियो बनाउने गरेको र केहि समय अन्तरालको भेट पच्यात यी दुई संगै मिलेर भिडियो बनाई क्षत्री रक्स नामक युटुब यकाउँट मार्फत अपलोड गर्दै आइरहको कुरा कुराकानी पश्च्यात बाहिरियको छ | आजभन्दा चार महिना अघि मात्र ५९२ सस्क्रैबर रहेको यी दुइको युटुब यकाउँटमा अहिले उन्नाइस हजार सक्रैबर भैसकेको छ |

झट्ट हेर्दा यी दुईलैइ व्यंग्यात्मक शैलीका युटुबर भन्दा पनि फरक पर्दैन | यी दुई निर्मित भिडियोले दर्शकहरु हाँसो थाम्न नसकेर उफ्रिन्छन | यी दुई झिल्के देशको हरेक क्षत्रमा भईरहेको कुराहरुलाई आधार बनायर फरक किसिमले रमाइलो ढंगबाट मनोरन्जनात्मक भिडियो बनाई प्रसंसा बटुल्दै आइरहेका छन् | बिषेशत यिनीहरुलाई दर्शकले झिल्केको गफ र क्षत्री रक्स मार्फत बढी चिन्ने गर्दछन
आसा छ , युटुब बाट उदाएका यी दुई नेपाली झिल्केको यात्रा निरन्तर रहनेछ |

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal