eNepal

दुई राजाको भिडन्त यकसाथ; कसको हातमा जाला साम्राज्य?

दिपक दिपा, नेपाली चलचित्र जगतमा चिरपरिचित नाम | छ यकाने छ, ओडा नम्बर छ, छक्का पन्जा जस्ता सुपर हिट चलचित्र यी दुईको सहकार्य हो | तितो सत्य बाट दर्शकहरुलाई भरपुर मनोरंजन दिन सफल यो जोडी निर्मित छक्का पन्जाले नेपाली चलचित्र जगतमा सर्बाधिक बिक्रि हुने चलचित्रको इतिहास रच्न सफल भयको थियो | दर्शकले औधी रुचाय पश्च्यात पुन छक्का पन्जा २ ल्याउने घोषणा जारी गरेको यो टिमले आफ्नो चलचित्रको दुई ओटा शिर्ष गीतहरु सार्बजनिक गरिसकेको छ | सुरुवातमा दुबई गीतहरु बिबादित भय | कतीले त चोरीको आरोप पनि लगाय | तर केहि समयको विवाद पश्च्यात सेलायको बजार अहिले फेरि तात्तियको छ | कारण भर्खरै सार्बजनिक गरियको छक्का पन्जा २ को ट्रेलर |

तितो सत्य देखि छक्का पन्जा सम्म दिपक दिपाको आज सम्मका हरेक सिर्जनाले दर्शक उफारेको छ | झन् अहिले बहु प्रतिक्षित चलचित्र छक्का पन्जा २ को ट्रेलर रिलिज पश्च्यात झन् नेपाली सिनेमाले पुन यकपल्ट दर्शक उचाल्छ भन्ने आसा जगायको छ | तर यो पाली छक्का पन्जालाई थोरै धेरै हानी पुग्ने निस्चय गरियको छ |

हाम्रो नेपाली चलचित्र जगत सानो छ | प्रतेक चोटी एउटा चलचित्र संग अर्को चलचित्र संग संगै लाग्ने गरेको पाईन्छ | यस्तो अवस्थामा प्राय दर्शक बाडिने भयकाले कुनै यक पक्ष्यलाई हानी समेत हुने गरेको पाईयको छ | यो पालि दिपक दिपा निर्मित छक्का पन्जालाई छविराज ओझाको मंगलमले टक्कर दिदै छ | यी दुबैको चलचित्र यकै दिन यानिकी असोज ११ गते बाट सिनेमा हलमा प्रदर्शन गरिदै छ |
दिपक दिपा जस्तै छविराज ओझा नेपाली चलचित्र जगतमा अर्को त्यस्तो नाम हो जसले निर्माण गरेको चलचित्र आजसम्म दर्शकहरुले रुचाऊदै आउनुभयको छ | उनलाई चलचित्र क्षत्रको बाघ पनि भन्दछन कतिले | आफ्नो चलचित्र चलाउन हरेक फंडा प्रयोग गर्न सिपालु छबिराजले यो पाली त झन् चर्चित नब अभिनेत्री साम्रगी राज्य लक्ष्मीलाई समेत आफ्नो पोस्टरमा देखायका छन् | कहिले नायिका शिल्पा पोखरेल संगको सम्बन्ध देखाउदै फिल्म चलाउछन त कहिले बिबाहको हल्ला गर्दै | यो पाली उनि अलि मौन छन् तर पनि आफ्नो सिनेमा चलाउन ज्यान दिने छबि यो चोटी पनि केहि नगर्लान भन्न सकिदैन | उनले पनि भर्खरै मङ्गलमको गित सार्बजनिक गरेका छन् | जसलाई दर्शकहरुले खुबै मन पराउनु भयको छ |

अब कुरा अडियो को हिट ,को फ्लप मा? दुवै बाघहरुको जम्काभेट यकै चोटी भयसि के हुन्छ ? अब दर्शकको रोजाईम दिपक दिपाको छक्का पन्जाकि छबिको शिल्पा अभिनित मङ्गलम ?

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal