eNepal

अभिनेत्री करिश्माको पढ्ने धोको; भईन कक्षा ९ मा भर्ना

हरेक दिन कुनै नै कुनै कुराको होहल्ला मच्चीरहने नेपाली चलचित्र बजारमा अहिले सदाबहार अभिनेत्री करिश्मा मानन्धरको चर्चा परिचर्चा सबोर्च्च भैरहेको छ | हुनत करिश्मा मानन्धर समय समयमा बिबादित अनि आलोचित भईरहने अभिनेत्रीहरुको सुचिमा पर्छिन् | कहिले श्रीमान संगको आफ्नो पारिवारिक अनबन फेसबुकमा लेख्दा त कहिले नया सक्ति पार्टीको माध्यम द्वारा, उनि दर्शकहरुलाई आफ्नो उपस्थिति अनुभूति गराईनै रहन्छिन |

यो चोटी भने सुन्दरी अभिनेत्री करिश्माको चर्चा पुराना चर्चा भन्दा अलि भिन्न पाईन्छ | प्राय सिनेमा क्षत्रमा कम पढेका सेलेब्रटीहरुको नामांकन गर्नुपर्दा करिश्माको नाम उच्च स्थानमा पर्छ | कुनै जमानामा चलचित्र जगतमा यक छत्र राज जो गरेकी थिन उन्ले | सायद त्यसैले होला दर्शकमाझ करिश्माको कुनैपनि कुरा लुक्न सक्दैन |

चलचित्र जगतमा अब्बल स्थान ओगट्न सफल साथै अभिनय र सुन्दरताको हिसाबले पनि पोख्त अभिनेत्री कहलियकि उनी करिश्मा मानन्धर अहिले कक्षा ९ मा भर्ना भयको कुरा बाहिरियको छ | हरेक कुरालाई सरल अनि सहज रुपमा दर्शक सामु राख्ने करिश्माले यो चोटीपनि उक्त जानकारी सत्य भयको खुलायकी छिन | उनि सात कक्षा पढ्दा पढाई चलचित्र जगतमा भित्रियकि थिइन् | त्यसपछि आफ्नो पढाईलाई निरन्तरता दिन नसकेकी उनि अहिले मैतीदेबि स्थित त्रिबेणी पब्लिक स्कुलमा भर्ना भयकि छिन |
हुनत उनि चलचित्र क्षत्रमा उत्त्क्रिष्ठ श्रेणीमा पास भैसकेकी छिन | तर पनि आफु स्वोयमलै औपचारिक शिक्षाको अभाब खड्किने गरेको कुरा प्रतक्ष्य अनि अप्रतक्ष्य रुपमा मिडिया कर्मी मार्फत दर्सकमाझ राख्दै आयकि उनले अहिले आयर आफ्नो धोको पुरा गर्न पाउदा खुसि ब्यक्त गरेकी छिन | उनले आफ्नो फेसबुक मार्फत आफुले चलचित्र जगतमा जानी नजानी जति योगदान दीइन, त्यति योगदान उनले अब कृषिमा दिन नसक्ने र, अन्य क्षत्रको मानिसलाई पनि सिनेमाको ज्ञान लिन कठिन हुने बताउदै, औपचारिक शिक्षाको कुनै उमेर नहुने र यो मौलिक हकमा समाबेश हुने भयकाले आफु बिद्यालय भर्ना हुनु अनौठो नभई स्वोभाबिक भयको तर्क ब्यक्त गरेकी छिन |
उता सामाजिक संजालमा यस बिषयले थुप्रैको ध्यानाकर्षण गराईरहेको छ | कति उनि बाट उत्प्रेरित भयका छन् भने , कतिपयले नकारात्मक टिका टिप्पणी दिइरहेका छन | साचो लुकायर लुक्दैन, सिनेमामा अतुलनिय योगदान दियतापनि उनीसंग बोल्ने कला नभयको भन्ने जस्ता नकारत्मक टिप्पणी पहिले पनि नआयका भने होईनन | कतै यहि कारणत होइन ? उनलाई पुन बिद्यालय जान बाध्य तुल्याउने ? कारण जे होस् , समय छदै मनभित्रको सबै रहर पुरा गरेकै राम्रो | आफ्ना गल्तिहरु सच्चायर , हरेक कुरामा सबल बन्ने सोचाई राख्नु निकै ठुलो कुरा हो |
आसा छ सिनेमामा अब्बल स्थान ओगट्न सफल करिश्माले छिट्टै आफुमा लाग्ने गरेको “कम औपचारिक शिक्षा” हासिल गर्ने अभिनेत्रीको पुरानो ट्याग हटाउने छिन |

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal