eNepal

गोर्खाली क्रिकेट क्लबले आयोजना गरेको मैत्रीपुर्ण च्यारीटी खेल बापत $१२८५ नगद उठ्यो, रकम एनआरएनए प्रेसीडेन्ट टोनु गोथानेलाई हस्तान्तरण

मेल्बोर्नमा नयाँ क्लबको रुपमा सन् २०१६मा स्थापना भएको गोर्खाली क्रिकेट क्लबले छोटो समयमा उत्कृस्ठ प्रदर्शन देखाउँदै धेरैको मन जित्न सफल भएको छ। खेलकुदको माध्यमबाट समाजलाई पनि केही सहयोग होस भन्ने हेतूले २७ अगस्टका दिन रोयल राईनो क्रिकेट क्लबसँग मैत्रीपुर्ण च्यारीटी खेल आयोजना गरेको थियो।

हालसालै तराईमा गएको बाढी अनि त्यस पछि आएको बिकराल परिस्थीतीलाई मध्य नजर लगाउँदै यस्तो बिसम् परिस्थीतीमा केही भएपनि राहत होस् भनेर शो च्यारीटेबल खेल आयोजना गरिएको थियो। उक्त च्यारिटेबल खेल बापत नगद $१२८५ सङ्कलन गरिएको र उक्त रकम एनआरएनएका अध्यक्ष टोनु गोथानेलाई हस्तान्तरण गरिएको थियो। एक बर्षको दौरानमा न्याभ र एनआरएनएको सहकार्यमा उल्लेखनीय काम गरेकोमा सबैले प्रसङ्सा गरेका थिए। उक्त च्यारीटी म्याचलाई न्याभ, ग्रेस ईन्टरनेशनल, बिगबेली एसियन क्याफेले सहयोग गरेका थिए।

गोर्खाली क्रिकेट क्लवले क्रिकेट खेलको अलाबा बिभीन्न सँघ र सँस्थाहरुसँगको सहकार्यमा बिभीन्न कार्यक्रमहरु गर्दै आएको छ। गएको साल टेबल टेनीस प्रतीयोगीता समेत आयोजना गरेको सो क्लव ६ जनाको सदस्यबाट सुरुवात भएको हो भने हाल बिस जाना खेलाडीहरु रहेका छन्। चालिस भन्दा बढि सदस्य रहेका सो क्लबले १२ अगस्टका दिन पहिलो बार्सीकउत्सव मनाएको थियो। सुमन सिङ्को क्याप्टेन सिपमा गत साल भएको न्याभ क्रिकेट कपमा दोस्रो भएको गोर्खाली क्रिकेट क्लबमा नयाँ क्याप्टेनका रुपमा केसव पन्त चयन भएका छन्। त्यस्तै गरेर २०१६-२०१७का लागि चुनीएका प्रयास सुबेदीको प्रेसीडेन्टको जिम्मा ज्ञ्यानेन्द्र थापा उर्फ जेम्स थापाले समालेका छन्। अव छिट्टै नवनियुक्त प्रेसीडेन्ट जेम्स थापाले सबै नेपाली क्लबलाई समाबेश गराएर एउटा भव्य क्रिकेट टुर्नामेन्ट आयोजना गर्ने जनाएका छन्।

बड्दो नेपाली समाजसँग सँगै नेपाली खेलकुद क्लवहरु जन्मने क्रम पनि बड्दै गएको छ। यस्ता क्लबले आयोजना गरेका खेलकुदका कार्यक्रमले नेपाली समाजलाई एकतामा बाध्न प्रमुख भुमीका खेलेको हुन्छ। न्याभका प्रेसीडेन्ट डा अनुपम पोख्रेलले गोर्खाली क्रिकेट क्लवले निकै छोटो समयमा एउटा उदाहरणीय छाप मेल्बोर्नको नेपाली समाजमा छोडी सकेको र युवा र जेस्ठ नागरिकहरुलाई एउटै थलोमा ल्याउने जुन प्रयास खेलकुदको माध्यमबाट गरेको छ , यो ज्यादै पशङ्सनीय र उदाहरणीय रहेको र न्याभ हरबखत सहयोग गर्न तत्पर रहेको कुरा उल्लेख गर्नु भएको थियो। उक्त बार्सीक उत्सवमा भिक्टोरीयाका लागि अबैतानीक राजदुत चन्द्र योन्जनले पनि यसरी पढ्न आएका भाई बहिनीहरुले आफ्नो व्यस्त समयको बाबजुद अतिरिक्त क्रियाकलापहरुमा लागेको देख्दा बढो खुसी लागेको कुरा उक्त वार्सीकउत्सव कार्यक्रममा व्यक्त गर्नु भएको थियो।

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal