eNepal

सहयोगी हात फैल्याउँदै श्याम नेपाली, बाढी पिडीत राहतको दोश्रो कार्यक्रम अनुसार आज बुर्खे ईटहरीमा राहत बितरण

मेल्बोर्न अस्ट्रेलीयाका श्याम नेपाली भनेर चिनीने सुमन देउजाको पहलमा केही हप्ता अगाडी आएको बाढी पहिरोले ग्रस्त पुर्बी नेपालको बिभीन्न ठाउँमा राहत बितरण गरिएको छ। उज्वल खनालद्वारा खोलीएको helpbegin मार्फत उक्त रकम जम्मा भएको थियो। करिब तिन हजार अस्ट्रेलीयन डलर सङ्कलित रकम जति सक्दो चाँढो पिडीत सामु पुर्याउने योजना अनुरुप पहिलो राहत स्वरुप ईटहरी आर्मी क्याम्प पछाडी रहेका ९० पिडीत घर परिवारलाई बितरण गरि सकेको छ। नारी शिप बिकास केन्द्र मार्फत नबीन खडकाको सहयोगमा सो राहत बितरण गरिएको थियो।

दोश्रो योजना अनुरुप आज राहत बितरण बुर्खे ईटहरीमा गरिएको छ। ७०००० रुपयाँको बजेटमा पिडीतहरुलाई चामल, दाल, चिउरा लगायत अत्ति आवसयकीय खाध्य बस्तुहरु बितरण गरिएको छ। अनु भट्टको सहयोगमा शो राहत बितरण गरिएको थियो।

छुट्टाछुट्टै चार तहमा बितरण गर्न लागीएको राहतमा सहयोग गर्ने सबै महानुभाबहरुलाई धन्यबाद दिदै सुमन देउजाले परदेशमा आफ्नो श्रमको कमाईको सानो हिस्सा भएपनि सहयोग गर्नेहरु प्रती कृतज्ञता दिदै यसरीनै आउँदा दिनमा सहयोगको अपेक्षा राख्नु भएको छ।
डोनरहरुको नाम तल लिङ्कमा हेर्न सकिने छ

https://www.helpbegin.com/project/detail/35

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal