eNepal

चौतिसौ जन्मदिन मनाउदै रेखा थापा |

नेपालकै सर्बाधिक रुचाईयकि एकमात्र सफल अभिनेत्री, साथै निर्माता; रेखा थापा , नामनै काफी छ नेपाली चलचित्र जगतमा | हिमाल, पहाड, तराई यी तिनै भूभागमा बसोबासित बालक देखि वृद्द सम्मका सम्पूर्ण नेपालीहरुको मनमा आफ्नो कला, र कामले अत्यन्तै राम्रो छाप छाड्न सफल रेखा थापा कलाकारिता क्षेत्रमा सोर्णिम अक्ष्यरले लेखिने कमै नामहरु मध्य एक हो | उनलाई नेपाली जनताहरु नेपाली चलचित्र क्षेत्रको एकमात्र हिरोईजम भएको नायिका भनेर भन्ने गर्दछन | कारण रहेको छ, उनको चलचित्र क्षत्रप्रतिको निरन्तर सफल प्रयास अनि लगनसिलता | नभन्दै रेखा थापा एउटी सफल अभिनेत्री मात्र नभई एउटा सफल नारीको उदाहरण हुन्, नेपाली छोरीहरुका लागि एक मिसाल हुन् |
रेखा त्यस्ती अभिनेत्री हुन् जसको नामले मात्रै सिनेमा हल भरिन्छ | प्राय आफुले निर्माण गरेको फिल्ममा आफै मुख्य भूमिकामा देखिन्छिन उनि | त्यसैले होला दर्सकहरु भन्नुहुन्छ: रेखा थापाको चलचित्रमा हेरो पनि रेखा, हिरोईन पनि रेखा | जे होस् उनको यी दुवै रुपलाई दर्सकहरुले आजसम्म सहर्स स्वीकारदै आएका छन् | सायद यसकै उपज भनुम, नया पिढी रुचाउन थालिएको चलचित्र क्षत्रमा अहिले पनि रेखाको क्रेज अनौठो छ | सामाजिक संजालमा समेत उनि सर्बाधिक फ्यान फ़लोइङ्ग भएकी नायिका हुन् |
यिनै रेखा थापाले भर्खरै आफ्नो ३४ सौ जन्न्म दिनको खुसि आफ्ना नजिकका अत्यन्तै प्रिय साथीभाई र परीवारसंग मनायकी छिन | रेखाको जन्मदिन बिसेसमा, अभिनेता आर्यन सिग्देल, आर्यन अधिकारी, सुष्मा कार्की, पत्रकार उत्सव रसाइली लगायतको उपस्थिति थियो | एसरी जन्मदिन मनाईरहदा उनि एकदम खुसि देखिन्थिन | हुनत उनको अनुहारमा सदाबहार मुस्कान रहिरहन्छ तरपनि लगभग ७, ८ बर्सको समयाबधि पछि पर्दामा दर्सकले उनीसंग औधि रुचाएका उनका जोडी आर्यन सिग्देलको उपस्थितिले पनि उनको यसपालीको जन्मदिन खास बनायको थियो |
पहिला पहिला रेखा थापा आफ्नो सफलता प्रति अत्यन्तै घमण्ड गर्छिन भन्ने जस्ता कुराहरु चलचित्र क्षेत्रमा नआयको होइन | यतिमात्र होइन, निखिल उप्रेती, बिराज भट्ट अनि आर्यन सिग्देल लगायतका कलाकार संगको आन्तरिक मनमुटाबले पनि चलचित्र जगतमा कुनैबेला राम्रो बजार पाएको थियो | तर समय संगसंगै आज रेखा थापा अझ बढी संयमशील भएकी छिन | उनि आजकल सबैसंग आफ्नो मनमुटाब टुंगायर सम्बन्ध सुधार गर्न प्रति अग्रशील बनेकी छिन | लामो समयको विवाद पछि उनि आफ्ना आन्तरिक विवाद र आफुहरु बिचको असन्तुस्टी पन्छाउदै रुद्रप्रिया मार्फत पुन एकपटक आर्यन सिग्देल संग दर्सक सामु आउदै छिन |

जीवनमा आफुमा भयका कमीकमजोरी सुधारेर अगि बढ्नुनै ठुलो कुरा हो | आर्यन र रेखाको यो सहकार्य पक्कै पनि सिंगो चलचित्र जगत साथै उनीहरुको करियरमा समेत लाभदायी हुनेछ | हाम्रो प्यारी चलचित्र क्षत्रकि रानी, चुलबुले रेखा थापालाई जन्मदिनको धेरै धेरै बधाई साथै सफलताको सुभकामना |

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal