eNepal

अल्बेट्रोसले झुमायो, बिपुल क्षेत्रीको मेल्बोर्नको सफल ईतिहाँस फेरी दोहोरीयो

बिभीन्न दुई फरक धारका दुई नेपाली व्याण्डलाई एकै साथ राख्दा कतै कलाकारलाई अन्याय पो पर्ने हो की, दर्शक श्रोताको मन कतै भाँडीने पो हो की, फेरी हरेक हप्ता जसो भई रहेका तीजका कार्यक्रमले यसको प्रभाव परेर सोचे अनुरुपको दर्शकहरु नआउने पो हुनकि भन्ने डर कता कता थियो। तर जब आफुलाई मन पर्ने कलाकारहरु आउँछन् अनि न कुनै कार्यक्रमले दर्शक र सङ्गीतका पारखीहरुलाई असर गर्दो रहेछ न कलाकारहरुको निरन्तरताले दर्शकको रुचाईमानै कम हुँदो रहेछ।

हिजो ईयुफोनीक नाम दिएर मेल्बोर्नको सोलाङ्चर ईभेन्टले एक सफल कार्यक्रम आयोजना गर्यो जहाँ पुग्दा हल खचाखच भई सकेको थियो। बिरलै हुने नेपाली कन्सर्टमा लामो लाईन, हिजो पुन दोहोरीएको थियो। लगभग आठ सय भन्दा बढीको उपस्थितीमा अल्बेट्रोस र बिपुल क्षेत्री एण्ड द ट्राभलीङ बैन्डका गीतहरुमा सबैले मनोरन्जन लिएको देखिन्थ्यो। हरेक गीतमा दर्शकको वान्समोरले हल गुन्जयामान थियो।

गतसाल बिपुल क्षत्रीको कार्यक्रम गरेको सोलाङ्चरलेनै यस कार्यक्रमलाई निरन्तरता दिएको थियो। दर्शकको स्वाद थाहा पाउन माहिर बिपुल क्षेत्रीले यो बर्ष पनि आफ्ना केही नयाँ र पुराना गीतहरु गाएर दर्शक श्रोताको मन जित्न सफल भयो भने अल्बेट्रोसको गीतमा हेड बेङ्ग गर्नमा केटा केटी उत्तिकै जोसीएका थिए।

मेल्बोर्नको बिल्बोर्ड द भेनुमा आयोजना भएको कार्यक्रममा नेपालमा भएको बाडीपिडीतको सहयोगार्थ रकम सङ्कलन पनि गरिएको थियो जहाँ $४७५ उठेको थियो। जम्मा भएको कुल रकम $९५० एनआरएनए मार्फत पिडीतलाई हस्तान्तरण गर्ने उल्लेख गरिएको छ।


मेल्बोर्नका दर्शकहरुको निरन्तर मायाँ र साथ पाउँदै आएको सोलाङ्चरका हरेक ईभेन्ट जसरी यो ईभेन्टलाई पनि साथ दिनु भएकोमा सोलाङ्चर डाईरेक्टर राजु शाक्यले सबैलाई धन्यबाद दिनु भएको छ। यस कार्यक्रमलाई एक्सपर्ट एजुकेसन एण्ड भिषा सर्भिसेजको मुख्य प्रायोजन रहेको थियो।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal