eNepal

पहिरनले धोका दिदा खल्लो भयो आनाको प्रिमियर सो

नेपाली चलचित्र क्षेत्र अत्यन्तै बिबादित क्षेत्र मानिन्छ | कलाकारहरु केहि न केहि माध्यमबाट चर्चामा आइनै रहन्छन | कहिले यक अर्का बिचको सम्बन्धमा आएको फाटो त, कहिले सामाजिक संजालमा व्यंगात्मक सैलिमा लेखिने यिनको स्ट्याटस | यहासम्मकी अहिले सिने नगरीमा कलाकारहरुले लगाउने पहिरनले समेत राम्रो स्थान पाउन थालिसकेको छ | हुनत कलाकारहरुले कसले के अनि कसरि लगाए भन्ने बिसाए सदियौ देखि चासोकै बिसयमा पर्थ्यो | तर पनि अहिले भने चलचित्र जगतमा कलाकारहरुले के लगाए भन्दा पनि कुन ढंगले लगाए भन्ने बिसयमा बढी चर्चा हुने गर्छ |

आना सर्मा अभिनित चलचित्र ग्याङ्गस्टार ब्लुजको प्रिमियर सो भर्करै मात्र सकिएको छ | उक्त सिनेमा हेर्न हलसम्म पुगेका सम्पूर्णले सिनेमा राम्रो बिसयबस्तुमा बनाईएको अभिव्यक्ति जारि गरेका छन् | उक्त चलचित्रमा आसिरमान देशराज, आना शर्मा, संयम पुरी लगाएतका चलचित्रकर्मीहरुको अभिनय रहेको छ | प्रिमियर शो प्राय सबै कलाकारहरुको लागि खास हुने गर्दछ | आफ्नो चलचित्र लागेको दिन आफुतिर सबैको ध्यानाकर्सण हुने भएकाले पनि कलाकारहरु सजिएर प्रिमियर सो मा पुगेका देख्छौ |
चलचित्र ग्याङ्गस्टार ब्लुजको प्रिमियरको कुरा गर्नु पर्दा, आना शर्मा देखि संयम पुरी सम्म फरक पहिरनमा देखिएका थिए | सबैको अनुहारमा आफु अभिनित चलचित्र हलसम्म आउदाको खुसि छचल्किरहेको थियो | तर अभिनेत्री आना शर्मा भने केहि निरास देखिन्थिन | कारण धेरै जस्तो जिन्स पाईन्ट लगाउने आना यसपटक भने अलि हट अबतारमा प्रस्तुत भएकी थिइन् | साएद त्यसैले भनुम उनि अलि बढी नै असहज महसुस गर्दै थिइन | पटक पटक आफ्नो पहिरनको माथिको भाग तानिरहेकी आना शर्माप्रति सबैको ध्यान केन्द्रित भएको थियो | तसर्थ, उनले नत खुलेर कसैसंग कुरा गर्न सकिन नत राम्ररी फोटो नै खिचाऊन | अरुबेला निडर भएर बोल्ने आना प्रिमियर सोमा अलि मलिन देखिन्थिन | साएद उनलाई अबगत भईसकेको थियो आफ्नो पहिरनको बास्तबिकता |
जे होस् आनाको असहजता संगै चलचित्रको प्रिमियर सो सकियको छ | आसा गरौ ”जेरी” हिट भए जसरिनै उनको यो चलचित्रपनि दर्सकहरुले रुचाउनु हुनेछ | अनमोल र आनाको जोडी रुचाउने हाम्रो दर्सकले आसिरमान र आनाको जोडीलाई पनि भब्य स्वागत गरुन भन्ने हाम्रो चाहना छ | साथ साथै आसा गरौ अभिनेत्री आना शर्माले पनि आगामी दिनहरुमा पहिरन छनोट गर्दा बिशेस ध्यान पुर्याउने छिन |

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal