eNepal

जिलोङ निवासी राम कुमार श्रेष्ठ दम्पतीद्वारा बाढीपीडीतलाई तीन हजार अस्ट्रेलीयन डलर सहयोग

आफ्नी छोरी पुजा श्रेष्ठ अठार बर्ष प्रवेश गरेको र अस्ट्रेलीयाको ख्याती प्राप्त विश्व बिधालय मोनास विश्व बिधालयबाट छोरा पुरक श्रेष्ठले ग्राजुवेट गरेको उपलक्क्षमा पाटी आयोजना गर्नको लागि छुटाएको अस्ट्रेलीयन डलर तीन हजार जिलोङ निवासी
लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानका विश्व संयोजक इन्जिनियर रामकुमार श्रेष्ठ एवं दिदी-बहिनी समाज भिक्टोरियाकी कोषाध्यक्ष प्रभा देवी श्रेष्ठले बाढी पहिरो पिडीतलाई दिने निर्णय गर्नु भएको छ।

तराईका बिभीन्न भुभागनै डुवानमा परेको र लाखौ मानिसहरुको गाँस,बास र कपास खोसीएको परिस्थितीमा रमाईलोको लागि छुट्याईएको रकम बोरु पिडीतलाई दिएर केही राहत होवस भनेर सो निर्णय गरेको फेशबुक मार्फत जानकारी दिनु भएकोछ। बाडी र पहिरोले करोडौको धनजनको क्षती भएको छ भने धेरैको घरबार टुटेको छ। यस्तो बिसम् परिस्थीतिमा यो सहयोगले केही मलम लगाउने काम पक्कै हुनेछ। उक्त रकम धर्मुस सुन्तली फाउन्डेसन मार्फत पिडीत समक्ष पुराउने जानकारी रहेको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal