eNepal

आज श्रीकृष्ण जन्माष्टमी

हिन्दु धर्म अनुसार हरेक बर्षको भाद्र कृष्ण अष्टमीका दिन भगवान बिष्णुको आठौ अवतारको रुपमा भगवान श्रीकृष्णको जन्म भएको दिनलाई श्रीकृष्ण जन्माष्टामीका भव्य रुपमा मनाईने चलन चलीआएको छ। हिन्दु धर्म अनुसार ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रेरणाका रुपमा हिन्दु धर्मावलम्बीहरुले यस दिनलाई बिशेष महत्वको रुपमा मनाउने गरेका छन्।

हिन्दु धर्म शास्त्र अनुसार द्वापर युगमा देवकी र बासुदेवका आठौ सन्तानका रुपमा जन्म भएको भगवान श्रीकृष्ण उनका बा आमालाई मामा कंशले बन्दी बनाएको बेला जन्म भएको र यशोधा माताको रेखदेखमा हुर्केको र पछि ठुलो भएपछि दुष्ट मामा कंशको संहार गरी अन्याय, अत्याचार र दानवी प्रवृतीको अन्त्य गरी मानवजातीको कल्याण गरेको पौराणीक कथाहरुमा उल्लेख गरेको पाईन्छ।

आजैका दिन ललीतपुरको पाटनमा अवस्थित कृष्ण मन्दिर लगायत अधिराज्य भरका मठ मन्दिरमा बिशेष मेला लाग्ने गर्छ भने रातभर जागाराम बसेर कृष्ण महिमा भजन क्रितन गर्ने चलन चलिआएको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal