eNepal

युटुबरका रुपमा चम्किदै रुप्शी बस्नेत

सामजिक संजालले रंगिन बनाएको आजको दुनिया मुठीभर भयको छ | सानो संसार जस्तो , हरेक कुनामा के भईरहेको छ तत्काल थाहा पाईने | अहिले फेसबुक, युटुब, त्वीटर लगाएतका सामजिक संजालहरु संचारको मुख्य स्रोतको रुपमा चिनीन थालेको छ | येतिमात्र नभई , सामाजिक संजाल, अहिले प्रतिभा प्रस्फुटन गर्ने दरिलो खुड्किलो बन्न सफल भएको छ | इन्टरनेटको पहुच भएको हाम्रो सानो सोसिअल साइटको संसार आज प्रतिभावान जो कोहीलाई पनि अबसर प्रदान गर्ने माध्यम ठहरिएको छ |

हाम्रो नेपालमा पनि त्यस्ता धेरै व्यक्तिहरु हुनुहुन्छ जो सामाजिक संजालमा निकै चर्चित हुनुहुन्छ | यिनीहरु आफ्ना बिबिध प्रतिभा : गीत संगीत, हास्य ब्यङ्ग लगाएतका अन्य थुप्रै कलाको सहायताले नेपालभर छरिएर बसेका दर्सकहरुको मन जित्न सफल छन् | तिनै उदयेमान प्रतिभाहरुको भिडमा एकजना चम्किलो अनुहार : रुप्शी बस्नेत |

बिराटनगरकि चेली रुप्शी बस्नेत हिजो आज सामाजिक संजालमा कमिडीयनका रुपमा खुब चर्चित छिन | उनि छोटो समय अन्तरालमा धेरै चर्चा पाउने मध्यमा पर्छिन | हरेक चोटी सान्दर्भिक अनि ब्यन्ग्गात्मक भिडियो बनाएर उनि हाम्रा भिवोर्सहरुलाई खुसि बनाउदै छिन | भिडियो अपलोड गर्ने क्रममा भेनाजु भन्ने क्यारेक्टर दर्सकले अत्त्यन्तै रुचाय पश्च्यात आफुले आफ्नो पेजको नाम भेनाजु राखेको बताउछिन उनि | उनले सुरुवातमा केहि नसोची एक दुइटा भिडियो अपलोड गर्दा गर्दै दर्सकले औधि रुचायकले अन्य भिडियो बनाउन सुरु गरेको कुरा जानकारीमा आएको छ | तिन महिनामै, अहिले उनले धेरै भिवोर्स बढाएकी छिन | अहिले उनि चिरपरिचित युटुबर भयकि छिन |
खुसीको कुरा हो , हरेक दिन एक नया प्रतिभावान व्यक्ति जन्मिनु | आसा छ रुप्शी बस्नेतले चालेको पाईला अनन्त क्रियाशील रहोस अनि अझ धेरै नेपालीको मन मस्तिस्कमा बस्न सफल हुन् उनि |

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal