eNepal

गोर्खाली क्रिकेट क्लब मेल्बोर्नले पहिलो बार्षिकउत्सव मनाउँदै

मेल्बोर्नका केही जागरुक युवाहरु जो पढाईको अलाबा अतिरिक्त क्रियाकलापलाई पनि अघी लैजाउन भन्ने हेतुले सन् २०१६ मा एउटा क्लब बनाउने निधो गरे र नाम दिए गोर्खाली क्रिकेट क्लब।मुलत: क्रिकेट खेललाई बढि प्राथमिकता दिदै आधिकारीक रुपमा अगस्ट २०१६मा बाट आफ्नो खेलको अभ्यास शुरु गरे।

पढाई, काम र खेल सबैलाई एकै साथ लैजान गार्हो हुने यो परदेशको माटोमा पढाई र कामबाट बचेको थोरबहुत समय खेललाई दिदै नेपाली समुदाएका बिभीन्न क्लबहरु बिच भएको मेल्बोर्नको प्रिमीयरमा सहभागीता जनाए। नेप्लीज एशोसिएसन अफ भिक्टोरीया (न्याभ)ले आयोजना गरेको न्याभ कपमा रनर अप भएको गोर्खाली क्लबले भिक्टोरीया नेप्लिज क्रिकेट एशोसियसन (भिएनसिए) सुपर सिक्समा पनि रनर अपको ट्रफी उचाली सकेको छ।

यसरी पढाईका लागि बिदेश आएका केही जागरुक युवाहरुले खोलेको यो क्लवले क्रिकेटको अलाबा अरु खेलहरुलाई पनि भविस्यमा समाबेश गर्ने जनाएको छ। केही समय अगाडी मेलेबोर्न समुदायमा पहिलो टेबल टेनीस प्रतीयोगीता समेत आयोजना गरि सकेको छ।

अस्ट्रेलीयामा बढ्दो नेपाली समाजसँगै खेलप्रेमीहरुले खेलकुदलाई पनि प्राथमिकता दिदै आजकाल क्लबहरु धमाधम आई रहेका छन् जुन नेपाली समाजको लागि सकारत्मक पक्षनै हो। खेलकुदले मानिसलाई शारीरिक र मानशिक रुपमा स्फुर्त राख्न मद्दत गर्छ अझ बिदेशको व्यस्त जिवनमा केही समय भएपनी साथीभाई बिच भेटघाट हुने , सुख दुखका कुरा साटासाट गर्न राम्रो भुमीका खेलेको हुन्छ।


यस्ता बिभीन्न कुरालाई मनन गर्दै आउँदा दिनमा अझ बढि परिमार्जीत हुँदै जाने सोचका साथ गोर्खाली क्रिकेट क्लव मेल्बोर्नले आगामी १२ अगस्टका दिन बिग बेली रेस्टुरेन्ट एण्ड क्याफे कोबर्गमा पहिलो वार्षिकउत्सब कार्यक्रम आयोजना गर्दै आफ्ना सफलताका कुरा अनि भविस्यका योजनाहरु बारे जानकारी दिने आयोजकले जनाएको छ।

 

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal