eNepal

मेलबोर्नमा निसुल्क कफी ट्रेनिंग सम्पन्न

मेलबोर्न अहिले बिस्वोकै एकमात्र लिभेबल सिटि भनेर चिनिन्छ l  तर पनि येहाको बसोबासमा सोचेअनुरुपको सहजता भने भेटिदैन । येहाको बेस्त सडक अनि जिबनसैलिले सम्पूर्ण मानब समुदायलाई नै रफतारमा कुदाईरहेको देख्न सकिन्छ । येहा हरेक कोहिको अनुहारमा मौनता हुन्छ । काम नगरी खान नपाईने सहरमा काम पाउन पनि उत्तिकै गारो छ । हातमा राम्रो दक्षता अनि सोहीअनुरूपको बायोडाटा नभई काम पाउन हम्मे हम्मे पर्ने धेरै सहरहरु मध्ये एक हो मेलबोर्न ।
येहा आउने प्राय बिधाथ्रीहरुले कफी ट्रेनिंग लिएर क्याफेहरुमा काम गर्दै आइरहेको कुरा हामीले बिधाथ्रीहरु संग कुरा गरे पश्च्यात पत्तालगाएका हौ । बाहिर कफी ट्रेनिंग लिन धेरै नै डलर खर्चिनु पर्ने तथ्य बिध्याथ्रीहरुबाट बाहिरियको छ । झन सुरुमा आएका बिधाथ्रीहरुलाई अत्यधिक मात्रामा कठिनाईको समाधान गर्नु पर्ने हुन्छ ।

बिधाथ्रीहरुको येही समस्यालाई मध्यनजर गर्दै सम नेपाली द्वारा संचालित Genuine Education and Visa Services ले  आज निसुल्क कफी ट्रेनिंगको व्यवस्था गरेको थियो । उक्त कार्यकममा मेलबोर्नमा नेपाली समुदायलाई भईपरी आएको अबस्थामा सामाजिक सहयोग गर्ने हेतुले स्थापित गरेको Helpbegin नामक सस्थाको पनि सग्लग्नता रहेको थियो । ३ घण्टाको समयअबधिमा सिमित उक्त कार्यक्रममा ३० जना बिधाथ्रीहरुले आफ्नो सहभागिता जनायका थिए । यहाँ सहभागी हुने सम्पूर्ण बिधाथ्रीहरुले आजको यस ट्रेनिंग फलदायी रहेको बताउदै आफ्नो सन्तुस्टी ब्यक्त गरेका थिय । येति मात्र नभई निसुल्क कफी ट्रेनिंगको ब्यबस्था गरेर आफुहरुलाई सुनौलो अवसर दिएकोमा उनीहरुले सम नेपालीलै आफ्नो कृतज्ञतापनि ब्यक्त गरेका छन । आजको यस कार्यक्रमलाई सहज रूपमा सौहार्दपुर्ण बाताबरणमा सफल बनाउन रिचमण्ड स्थित Nepabliss Cafe Bar Restaurant ले भेनु उपलब्ध गराएर आफ्नो अहम भूमिका निर्बाह गरेको छ l

कार्यक्रमका केहि तस्बिरहरु ;

जे होस हामी नेपालीहरु बिस्वोको जुनसुकै देशमा रहेपनि एकअर्कालाई पर्दा कहिलेइ पछि हट्दैनौ । आसा छ एक अर्काको लागि येसरिनै सदैब आफ्ना सहयोगी हातहरु अगाडी बनाउने छन ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal