मुक्तककार सुशील चालिसेको शब्द रचना, गायक रोशन धौभडेलको सुमधुर आवाजमा सजिएको “सररर हावा चल्यो” बोलको गीतको म्युजिक भिडियो शनिबार एक समारोहका बिच सार्वजनिक गरिएको छ।
भक्तपुरमा अवस्थित सिद्धी मेमोरियल फाउन्डेसनको प्राङ्गणमा आयोजित उक्त कार्यक्रम नेपाल संगीत नाट्य प्रतिष्ठानका कुलपति निशा शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । म्युजिक भिडियो सार्वजनिकीकरण कार्यक्रममा वरिष्ठ गीतकारले सुवास चन्द्र ढुंगेल, वरिष्ठ साहित्यकार धुर्व मधिकर्मी, शिव मुनंकर्मी, बाबुराजा जोशी, सत्यनारायण मानन्धर, प्रेम खर्बुजा, इन्दिरा लाछिमस्यु, अल्बर्ट बज्राचार्य, लक्ष्मण पलिखेल, अनिल कसपाल, रमेश बिश्वकर्मा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

सुशील चालिसेको प्रस्तुति रहेको उक्त गीतको म्युजिक भिडियो सुशील चालिसे युट्युब च्यानल मार्फत रिलिज गरिएको छ । गायक धौभडेलको आफ्नै संगीत र कम्पोज रहेको उक्त म्युजिक भिडियोमा कलाकार अनु शाह र रमेश विश्वकर्माको अभिनय, प्रमोद परियारको एरेन्जमेन्ट, गोबिन्द सोनीको मिक्सिङ्ग मास्टरिङ्ग, शिलन लम्सालको एडिटिङ्ग, उत्सव दाहालको भिडियोग्राफी र माइकल चन्दको निर्देशन रहेको छ। गीतको रेकर्डिङ्ग हिमाल श्रेष्ठले गरेका हुन्।
कार्यक्रमको सभापतित्व सो म्युजिक भिडियोका निर्देशक माइकल चन्दले गरेका थिए भने उक्त म्युजिक भिडियो सार्बजनिकीकरण कार्यक्रमको संचालन भक्तपुर साङ्गितिक समाजका अध्यक्ष प्रविण शाहीले गरेका थिए ।

