eNepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

मधेशी कम्युनिटी भिक्टोरियाले अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र रहेको डिगर्स रेस्टमा अवस्थित १०० डण्कन्स लेन परिसरमा भव्य रुपमा छठ पर्व मनाएको छ।

७ सय भन्दा बढीको सहभागीता रहेको छठ  पर्व कार्यक्रममा भिक्टोरिया राज्यका सांसद क्याथलिन म्याथ्यु, स्टिभ म्यागी, ईवान वाल्टर्स,  पश्चिमी महानगरीय क्षेत्र सदस्य ट्रुङ् लु, भिक्टोरियाका लागि नेपालका तर्फबाट अबैतानिक महाबाणिजयदुत चन्द्र योन्जन लगायत विभिन्न संघसंस्थाका अध्यक्ष र सामुदाएका अगुवाहरू सहभागी थिए।

कछठ २०२३ लाई सफल बनाउन सहयोग पुर्याउने सबै पक्ष र कार्यान्वयनमा सहयोग गर्नुहुने सम्पूर्ण एएनएमसी टोली र यसका सदस्यहरू, विशेष गरी गान्धी प्रसाद भट्टराई, अनन्त पौडेल र गुरु नारायणप्रसाद ज्ञवालीलाई एमसीभीका अध्यक्ष डा. सुरेन्द्र रौनियारले बिशेष धन्यवाद दिनु भएको छ। 

उहॅाले यस्ता सामुदायिक कार्यक्रमहरु सधैं चुनौतीपूर्ण हुने र यस चुनौतीलाई सहजै सफल गराउन सहयोग गर्ने कार्यकारिणी टोलीका सदस्यहरू र स्वयंसेवकहरू अमित यादव, बब्बु यादव, आर्ची आर्यन राउत, निर्मला शाह, नमिता श्रीवास्तव, दीपेन्द्र चौधरी, अशोक महासेठा, राजेश जैसवाल, सञ्जय मण्डल, शाह रञ्जिता, पूजा पटेल, रणधीर शाह, सौम्य, साहब , मानव, मोहित, अवधेश यादव, अंकित सिंह, अरविन्द शाह, प्रिन्स शाह, जगदीश महतोलाई धन्यबाद दिनु भयो।

त्यस्तै छठ २०२३ को विशेष अवसरमा औपचारिक शुभकामना आदानप्रदान कार्यक्रमलाई राम्रोसँग सञ्चालन गर्नु भएकोमा कार्यक्रम प्रस्तोता द्वय अञ्जली रौनियार र दिपेन्द्र चौधरीलाई धन्यवाद दिनु भएको छ।

सन् २०१२ देखि मेलबर्नमा छठ मनाउँदै आएको एमसीभीले दोश्रो पटक अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी) परिसरमा छठ पर्व मनाएको हो।

 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

enepal