eNepal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

दिदीबहिनी समाज भिक्टोरियाले पारिवारिक हिंसा पीडितहरु आश्रीत नेपालको स्थानीय गैरसरकारी संस्था आवाजलाई ६ हजार ५ सय अष्ट्रेलियन डलर सहयोग हस्तान्तरण गरेको छ ।

समाजद्वारा आयोजित सन्मान र समान सम्बन्ध सुदृढ गर्ने एक जागरूकता कार्यशालाको गोष्ठी कार्यक्रमको अवसर पारेर सुदूरपश्चिम नेपालका घरेलु हिंसा पीडितहरूलाई सहयोग गर्न समर्पित गैर नाफामुखी संस्था आवाजलाई $६५०० हस्तान्तरण गरीएको हो।। यो सहयोगले आवश्यक स्रोतहरू जस्तै खाना, आश्रय, चिकित्सा खर्च, र कानुनी समर्थनमा पहुँच प्रदान गर्न मद्दत गर्ने समाजकी अध्यक्ष रोशनी श्रेष्ठले बताउनु भयो।

कार्यक्रमा प्रमुख अतिथिहरू विन्डहम सिटी काउन्सिलका उपमेयर, सल्लाहकार डा. चन्द्र दीपक पोखरेल लगाएतले लैङ्गिक असमानता, घरेलु हिंसा यसका कारणहरू र हिंसालाई नमान्ने तरिकाबारे प्रेरणादायी आफ्ना भनाईहरु राख्नु भएको थियो।

भिक्टोरियन बहुसांस्कृतिक आयोग र विन्डम् सिटी काउन्सिललाई अटुट सहयोगको लागि कृतज्ञता व्यक्त गरिएको थियो।

अब त म बोल्छु नामक डकुमेन्ट्रीका कलाकार बर्षा केसी र ज्ञानेन्द्र उप्रेती, सम्पूर्ण युनिट सदस्य, स्वयंसेवक र सहयोगी मनहरुलाई  उत्कृष्ट सफलता प्रदान गर्नुहुने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरिएको थियो। 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal