अमेजीङ प्यारेन्ट्सले दिदीबहिनीसमाज भिक्टोरीया, इपिङ वोलर्ट नेपाली समुदायको सहकार्य अनि भिक्टोरीया राज्य सरकारको बहुसांस्कृतीक भिक्टोरीयाको प्रायोजनमा आगामी ४ नोभेम्बरका दिनको २ बजेबाट ६ बजे सम्म दशै तथा दिपावली कार्यक्रम आयोजना गर्ने भएको छ। ग्लेनरोयको 70 wheatsheaf road Glenroy मा हुन लागेको यस बिशेष कार्यक्रम फरक क्षमता भएका बालबालिका र उनीहरुका अभिभावकलाई लक्ष्क्षित गरेर गर्न लागिएको संस्थाकी बर्तमान अध्यक्ष संगीता तिल्सिनाले जानकारी दिनु भयो।
कार्यक्रमको अवधीभर बच्चाहरुलाई सहजीकरण गर्नका निम्ती अर्वीट केयरले सपोर्ट वर्करको रुपमा सहकार्य गर्दैछ भने थ्राईभ प्ले थेरापीका अनील पौडेल र क्रेगीवन निवासी प्रताप तामाङले स्वयमसेवकको भुमीका निर्वाह गर्ने तिमील्सिनाले बताउनु भयो। त्यस्तै दिउँसो ३:०० देखि ४:०० बजेसम्म ब्रह्माकुमारीबाट योग ध्यानको कार्यक्रम रहेको र योगमा सहभागीता जनाउनेले आफ्नै म्याट ल्याउन समेत आग्रह गर्नु भयो।
कार्यक्रम नितान्त फरक क्षमताका बालबालिका र उनीहरुका अभिभावक लक्ष्क्षित रहेकोले सबै अभिभावकहरुलाई अमेजीङ प्यारेन्ट्सको अफिसीयल पेजमा गएर RSVP गर्न समेत अनुरोध गरिएको छ।
https://facebook.com/events/s/dashain-and-dipawali-celebrati/1041554543688051/

