eNepal

घटस्थापनादेखि टीकासम्म दशैंको १० दिन अष्ट्रेलियाको मेलबर्न सप्ताहमा के हुँदैछ ?

मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको भिक्टोरियामा बसोबास गर्ने नेपालीहरुको लागि यस पटकको दशैं खास हुँदैछ । खास यसकारण कि यस पटक नवरात्रीको ९ दिनसम्म नवाह यज्ञ गरिँदैछ भने टीकाको दिन सामूहिक टिका लगाउने र शुभकामना साटासाट गर्ने तयारी छ । भिक्टोरियाको डिगर्स रेस्टस्थित नेपाली सामुदायिक केन्द्रमा अक्टोबर १५ देखि २३ ९घटस्थापना देखि विजया दशमीसम्म० सम्म आयोजना गरिने नवाह ज्ञान महायज्ञमा प्रमुख वाचकको रुपमा पण्डित् दिनबन्धु पोख्रेल अतिथि रहनेछन् । उनलाई बालब्यास श्रावण गुरुले साथ दिनेछन् । मेलबर्नमा निर्माणाधीन बहुसांस्कृतिक केन्द्रको सहयोगका लागि ज्ञान महायज्ञको आयोजना गरिएको हो। नवाह ज्ञान महायज्ञको पहिलो दिन अर्थात अक्टोबर १५ तारिख दिउँसो ३ बजे कलश यात्रा गरेर महायज्ञको सुरुवात गर्ने संयोजक आनन्द पौडेलले जानकारी दिए। कलस यात्रा सकिएपछि नवाहको कथा बाचन सुरु गरिनेछ । 

यसपछि हरेकदिन नियमित पूजाआजा, दैनिक वेदपाठ, सप्तसती चण्डी पाठ र शुभकार्यका कामहरु बिहानैबाट हुने उनको भनाइ छ। सोमबारदेखि शुक्रबारसम्म दिउँसो ४ बजेदेखि राति ८ः३० बजेसम्म, शनिबार र आईतबार दिउँसो १ बजेदेखि साँझ साढे ८ बजेसम्म सप्ताह तथा नवाह कथा वाचनका साथ हरेक दिन साँझ ७ः३० बजे आरती सञ्चालन हुने जानकारी संयोजक पौडेलले दिए । सप्ताह ज्ञान महायज्ञको ९ दिन नै मन्दिरमा बस्न चाहाने भक्तजनहरुका लागि आवासको पनि व्यवस्था गरिएको उनले बताए। 

सप्ताह ज्ञान महायज्ञको आठौँ दिनमा औपचारिक कार्यक्रम गरिने कार्यतालिका बनेको छ। अक्टोबर २२ तारिखका दिन भिक्टोरिया राज्यका बहुसांस्कृतिक मन्त्री, अष्ट्रेलियामा रहेका बिभिन्न संस्थाका पदाधिकारीहरुको उपस्थितिमा नवनिर्मित संरचनाहरुको उद्घाटन गरिनेछ।

सप्ताह ज्ञान महायज्ञको प्रत्येक दिन भण्डारा लगाइने छ । भण्डारा लगाउन ७ दिनका लागि दाताहरुको सहयोग प्राप्त भएको छ। बाँकी दुई दिनको भण्डाराका लागि दाताहरुलाई आग्रह गरेका छौँ उनले भने। 

गाउँ गाउँबाट उठौँ, बस्ती बस्तीबाट उठौँ, मेलबर्न सप्ताह सफल बनाउन मनाउन सबै नेपाली एक भइ जुटौँ भन्ने मुल नाराका साथ हुन लागेको कार्यक्रममा कलाकारहरुबाट भजन किर्तन, झाक्री समावेश हुनेछ । यहाँ पुग्ने भक्तजनसँगै आउने बालबालिकाहरुको लागि खेल्ने सामाग्री पनि राखिने उनले जानकारी दिए। महायज्ञबाट संकलित रकम नेपाली सामुदायिक केन्द्र निर्माणमा खर्च गरिनेछ । उनले भने, सामुदायिक केन्द्रको जमिन किन्न चार लाख ५० हजार ऋण लिएका थियौँ। सप्ताहबाट उठेको रकमले पहिला नेपाली सामुदायिक केन्द्रलाई ऋणमुक्त गरिनेछ। बाँकी रहेको रकमले मिनी नेपालको अवधारणा बोकेको नेपाली सामुदायिक केन्द्रको आगामी योजनामा सहयोग पुग्नेछ । 

सप्ताह ज्ञान महायज्ञमा नेपाली सामुदायिक केन्द्रको आजीवन सदस्यता बढाउने तयारी रहेको उनले बताए। १३ सय आजीवन सदस्य संख्या रहेको एएनएएमसीको सदस्यता यो दशैंपछि कम्तिमा दुई हजार पुर्याउने लक्ष्य रहेको उनले सुनाए।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal