eNepal

न्याभले बाल दिवश मनाउँदै, १० नेपाली बिधालयले सहभागीता जनाउने

हरेक बर्ष जसो यस वर्ष पनि नेप्लिज एसोशियसन अफ भिक्टोरीया न्याभले बाल दिवस आयोजना गर्ने भएको छ। १५ अक्टुवर आईतवारका दिन बिहान १० बजे १ बजे सम्म हुने सो कार्यक्रम ईपीङ मेमोरीयल हलमा हलमा हुँदैछ।

मेल्बोर्नमा नेपाली भाषा पठनपाठन गराईने १० बिधालयहरु सहभागीता जनाउने यस बर्षको न्याभ बाल दिवसमा साँस्कृतीक नृत्य, गायन,फ्लोर एक्टिभीटिज लगाएत बिभीन्न मनोरन्जनात्मक कार्यक्रमहरु समावेश गरिएको न्याभकका सचीव एवमि कार्यक्रम संयोजक आलोक पौडेलले जानकारी दिनु भयो।

यस पाली न्याभ बाल चौतारी थोमास्टाउन, न्याभ बाल चौतारी वेस्ट, न्याभ बाल चौतारी विन्ड्म, ईपिङ वलर्ट बाल वाटीका, बाल सँसार ग्लेनरोय, हाम्रो नेपाली पाठशाला मेल्बोर्न, क्रेगीबन नेपाली ईथिनीक स्कुल र बाल विकाश पाठशाला मरन्डाले सहभागीता जनाउँदै छन्।

सन् २००५ बाट न्याभले हरेक बर्ष बाल दिवश मनाउँदै आएको छ। बढ्दो नेपालीहरुको सँख्यासँगै हरेक बर्ष बिधार्थी भाई बहिनीहरुको सहभागीता बढ्दै गएको छ। बिषेशत: बिदेशमा जन्मी हुर्केका दोश्रो पुस्तालाई नेपाली मौलीक कला सँस्कृती भाषाको बारे जानकारी दिने हेतुले हरेक बर्ष न्याभले बाल दिवस कार्यक्रम मनाउदै न्याभका अध्यक्ष प्रेमराज उप्रेतीले बताए । यस पाली आकार्षणका रुपमा चिरपरीचित म्याजीसीयनबाट म्याजीक सो रहेको समेत जानकारी गराउनु भयो।

न्याभका कोषाध्यक्ष यकिन्द्र तिमील्सिनाले यसपाली भिक्टोरीयन सरकारको आर्थीक सहयोग नरहेको जानकारी समेत गराउनु भयो। न्याभका उपाध्यक्ष एबम न्याभ बालचौतारीका संयोजक कृष्ण चालीसेले यस पाली बिधार्थीहरुको उलेख्नीय सहभागीता हुने बताउदै सबै अभिभावकहरुलाई आफ्ना छोरा छोरीलाई यस बिशेष कार्यक्रममा सहभागीता गराई आफिनो कला, सॅस्कृती, पहिचान, भाषा, भेषभुषाबारे जानकारी गराउन अनुरोध गर्नु भएको छ।

कार्यक्रमलाई गाईडस्टार ट्रेनीङले मुख्य प्रायोजन गरेको छ भने एनआरएनए भिक्टोरियासहित एपीबी पाट्नर्स, लेण्डाभाईजर, एक्सपर्ट एजुकेशन माइग्रेसन, ग्रेस इन्टरनेशनल, गुडविल फाईनान्स, म्याक्सी म्याक्स नारायण पुरोहित सेवा, ग्रेस इन्टरनेशनल, सुत्र सर्भिसेस, म्याक्सीम्याक्स माइग्रेसन लगायतले सहयोग गरेका छन् ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal