आउॅदो ०७ अक्टोबरका दिन ग्रेटर शेपार्टन नेपाली समुदायले क्षेत्रीय भिक्टोरिया शेपार्टन क्षेत्रमा समभवत पहिलो पटक व्यापकरुपमा अष्ट्रेलियाली बहुसांस्कृतिक समाजलाई नेपाली संगीत र नृत्यले मनोरन्जन प्रदान गर्ने भएको छ।
सेन्ट जर्ज रोड फूड फेस्टिभल ग्रेटर शेपार्टन सिटी काउन्सिलले हरेक वर्ष आयोजना गर्ने शेपार्टनमा हुने लोकप्रिय खाना महोत्सव मध्ये एक हो। चर्चित नेपाली गायक प्रमोद निर्वाण, सिद्धार्थ राई र एलिस महर्जनले अङ्ग्रेजी र नेपाली गीतको मिश्रणले प्रस्तुती गर्नु हुने भएको छ। त्यस्तै सिमा छन्त्यालले नेपाली सांस्कृतिक नृत्य प्रस्तुत गर्ने भएकी छिन्।

अक्टोबर २०२२ मा स्थापना भएको ग्रेटर शेपार्टन नेपाली समुदायले एक वर्ष भन्दा कममा यसरी समुदायको भावना बन्धन र एकताको उदाहरण दिदै समुदाए निर्माण गर्न धेरै कार्यक्रमहरूको प्रतिनिधित्व र आयोजना गरेको छ।

यो हाम्रो लागि ठुलो अवसर हो र यसबाट बहुसॅास्कृतीक समुदायमा आफ्नो कला, सॅस्कृतीका अलावा गीत संगीतको माध्यमबाट जोडीन पाउनु गौरवको कुरा रहेको बताउदै यसिसो भव्य अनि सभ्य कार्यक्रममा सामेल हुन र रमाइलो गर्न सबैलाई सँस्थाका सचीव विशालजङ् कुँवरले अनुरोध गर्नु भएको छ।

