eNepal

युनाइटेड एफसीले बाजी मार्यो खुल्ला तर्फको सिएरा एभरेस्ट कप, वाईज तर्फ यती एफसी विजयी

भिक्टोरीया राज्यको मेल्बर्नमा एभरेस्ट युनाइटेड क्लबले आयोजनामा सिएरा एभरेस्ट कप हिजो सम्पन्न भएको छ।अत्यन्त रोमाण्चक प्रतिस्पर्धाको बिच यती एफसीलाई प्यानल्टी सुटआउटमा ५ का बिरुद्ध ६ गोल गर्दै युनाइटेड एफसीले खुल्ला तर्फको सियरा एभरेस्ट कप जित्न सफल भएको थियो।

त्यस्तै वाईज बिधा तर्फ अलामान्डा एफसीलाई प्यानल्टी सुटआउटमा ३ का बिरुद्ध ४ गोलले हराउँदै यती एफसीले जित सुनिस्चित पार्यो भने योङ गन्स ९ देखी १३ बर्ष उमेर समुह तर्फ एभरेस्ट  युनाईटेड क्लवलाई ० का बिरुद्द १ गोलले पछि पार्दै इस्टर्न वेरियर्स फुटबल क्लवले बिजय हासील गर्न सफल भयो।

प्रतियोगिताको ओपन बिधा तर्फको फेयर प्ले अवार्ड इस्टर्न वेरियर्स फुटबल क्लवले हात पार्यो भने वाईज ३४ बर्ष माथी उमेर समुहको अवार्ड फुटबल फर फन एण्ड फिटनेसले जित्न सफल भयो।

 

खुल्ला तर्फको फेयर प्ले अवार्ड युनाईटेड एफसीका सुनील बालले पाए भने वाईज ३५ बर्ष माथी उमेर समुहको अवार्ड यती एफसीका सागर थापाले हात पारे।योङ गन्स बिधाको फेयर प्ले अवार्ड इस्टर्न वेरियर्सका समीट श्रेष्ठले जिते।

त्यस्तै धेरै गोल गर्दै खुल्ला समुह तर्फबाट युनाइटेड एफसीका विश्व गुरुङले गोल्डेन बुट हात पार्न सफल भए। उनले सर्वाधीक ७ गोल हानेका थिए भने वाईज बिधा तर्फ फुटबल फर फन एण्ड फिटनेसका सन्तोष थापाले हात पारे। उनले तीन गोल गरेका थिए।योङ गन्स तर्फ एभरेस्ट युनाइटेड क्लवका रायन बैधले जित्न सफल भए। उनले पनि तीन गोल गरेका थिए।

उत्कृष्ठ गोलरक्षक तर्फ खुल्ला समुहबाट युनाईटेड एफसीका नोर्देन सेर्पाले गोल्डेन ग्लोभ्स हात पारे भने वाईज तर्फबाट फुटबल फर फन एण्ड फिटनेसका रन्जन बिस्टले जित्न सफल भए।योङ् गन्स तर्फ एभरेस्ट युनाईटेड क्लवका म्याक्सले गोल्डेन ग्लोभ्स हात पारे।

मेल्बर्नमा रहेका १० क्लबहरु एभरेस्ट युनाइटेड क्लब, हिमालयन फुटबल क्लब, यती फुटबल क्लब, रोयल वेस्टर्न क्लब, फुटबल फर फन एण्ड फिटनेस भिक्टोरीया, क्रेगीबन ब्रिगेड स्पोर्ट्स क्लब, इस्टर्न वेरियर्स, हिमाल बोइज फुटबल क्लव, अलामान्डा फुटबल क्लब र युनाइटेड एफसीले प्रतीस्पर्धा गरेका थिए।

गत २३ र २४ सेप्टेम्बर बिहान ९ बजे देखी अपरान्ह ५ बजे सम्म Alcock Road Reserve, Truganina मा भएका प्रतियोगीतामा खुल्ला समुह, ३५ बर्ष माथी उमेर समुह, किड सकर, मार्बल रेस, लव रनका साथै म्युजिकल बल्स सन्चालन गरिएको थियो।यसपाली सिएरा कप २०२३ को साथमा सिएरा वाइज कप २०२३ र सिएरा योङ्ग गन्स कप २०२३ पनि सन्चालन गरिएको थियो।

यस प्रतीयोगितालाई सिएरा होम्सले मुख्य प्रायोजन गरेको थियो भने ग्रेस ईन्टर्नेश्नल , स्टाईल लाईन हाउस, एलिएन्स स्टेट एजेन्ट्स र क्रेडीट हवको सहयोग रहेको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal