eNepal

मेल्बर्नको निर्माणाधिन सामुदायीक भवनमा पहिलो पटक मनाइयो तीज, हजारौको उपस्थिती

दिदीबहिनी समाज भिक्टोरिया (DBSV), अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र ANMC र बैद्धीक सनातन समाजले पहिलो पटक आफ्नै नेपाली मन्दिर रहेको अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (ANMC) को परिसरमा संयुक्त रुपमा आयोजना गरेको तीज उत्सव २०२३ भव्यताका साथ सम्पन्न गरेको छ।

१०० डनकान्स लेन, डिग्गर्स रेस्टमा रहेको अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरमा हजारौंको संख्यामा मानिसहरुको उपस्थिती रहेको थियो। बिहान ८ बजेबाट सुरु भएको कार्यक्रममा मेल्बर्न लगाएत भिक्टोरीयाका रिजनल क्षेत्रबाट समेत मानिसहरुको आएका थिए।

पहिलो पटक आफ्नै आँगन परिसरमा पुजाआजा गर्न पाउँदा दर्शालु भक्तजनहरु प्रफुल्लित देखिन्थे भने धेरैले ठ्याक्कै नेपालको झल्को आएको आभाष बताएका थिए।घण्टौ सम्म लाईनमा बसेर केन्द्र परिसरमा रहेका भगवानहरुको दर्शन गर्न सवै आतुर देखिन्थे।

परिसरमा उर्लिएको जनसागर देख्दा हामी आफ्नो भुमी, आफ्नो माटो अनि आफनत्व प्रति कति भोका रहेछौ भनेर प्रस्ट देखिएको थियो। 

तीजका लागि चाहिने पुजा सामग्री वैदिक सनातन समाज भिक्टोरियाले उपलब्ध गराएको थियो भने साँझ ६ बजे आरतीको साथ मुख्य कार्यक्रम समाप्त भएको थियो।नाँचगान भनेर राती अवेर सम्मनै चलेको थियो।

कार्यक्रम भव्य रुपमा सम्पन्न भएको दिदीबहिनी समाज भिक्टोरीयाकी अध्यक्षले रोशनी श्रेष्ठले सवै दाजुभाई, अम्मा-बुवा, दिदीबहिनी, स्वयंसेवक, समुदायका अगुवाहरु, सञ्चारकर्मी लगाएत समुदायका सबै सदस्यहरूलाई धन्यवाद दिनु भएको थियो।

एएनएमसीका बर्तमान अध्यक्ष गान्धी प्रसाद भट्टाराईले पनि एएनएमसी परसरमा पहिलो पटक आयोजना गरिएको तीज बिशेष पर्वलाई भव्य रुपमा सफल बनाउन साथ दिनु हुने सबै सहयोगी हातहरुलाई बिशेष धन्यबाद दिदै अनपेक्षित रुपमा उर्लिएको जनसागर प्रती कृतज्ञता दर्शाउदै यती धेरैको उपस्थिती होला भने नसोचिएको धारणा राख्नु भयो।साथै सम्पुर्ण सदस्यहरु प्रति पर्न गएको असुबिधाप्रति क्षमा माग्नु भएको थियो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal