eNepal

यस पटक मेल्बोर्नका यी ठाउँमा हुँदैछ रक्षा बन्धन एवम् जनै पुर्णीमाका कार्यक्रमहरु

पछिल्लो वर्ष झै यसपाली पनि कला भिक्टोरीयाले Jack Rooper Reserve Broadmeadows मा जनै पूर्णिमा, रक्षा बन्धन तथा क्वाँटी भोजनको कार्यक्रम आयोजना गर्ने भएको छ भने पहिलो पटक अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र 100 Duncans Lane, Diggers Rest को परिसर भित्र बैधीक सनातन समाजसँगको सहकार्यमा जनै पुर्णीमा बिशेष कार्यक्रम आयोजना हुने भएको छ।

भिक्टोरीयामा बसोबास गर्ने सम्पुर्ण समुदायलाई एएनएमसीले जनैपुर्णिमा मनाउनको लागि निमन्त्रणा समेत गरेको छ भने जनै तथा धागो पुजा गराउन चाहनेले बुधबार बेलुका सम्म एएनएमसीको प्रवेश द्वारमा रहेको Letter Box मा आफ्नो जनै वा धागो छोड़न सक्ने जानकारी समेत गराएको छ!

आगामी ३१ अगस्ट बिहिवार बिहान ७ बजे देखी रातको ८ बजे सम्म परिसर खुल्ला रहनेछ। यदि थप जानकारी लिन परेमा एएनएमसीका बर्तमान अध्यक्ष गान्धी भट्टराई 0432 174 488 वा पण्डीत नारायण प्रसाद ज्ञवाली 0451 070 296 मा सम्पर्क गर्न सक्नु हुनेछ।

कला भिक्टोरीयाले आयोजना गर्न लागेको जनै पुर्णीमा कार्यक्रममा पण्डीत शंकर प्रसाद गौतमको हातबाट डोरा एवम् जनै बितरणको कार्यक्रम रहेको आयोजकले जनाएको छ।बिहान ८ बजेबाट १० बजे सम्म हुने सो कार्यक्रममा क्वाटीको भोजन एवम् भक्तीमय सङ्गीत हुनेछ। 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal