मेल्बर्नको यति फुटबल क्लवको अध्यक्षमा कर्ण राना अध्यक्षमा निर्विरोध चयन भएका छन् । गत अगस्ट २७ का दिन मेलबर्नमा अवस्थित काठमाडौं ब्यान्क्वेटमा भएको बार्षीक साधारण सभाले नयाँ कार्यसमिति घोषणा गरेको हो।
नयाँ समितिको अध्यक्षमा कर्ण राना, उपाध्यक्षमा सज्जन शर्मा र अनामीका राई गुरुङ, कोषाध्यक्षमा बिपस्ना लामा, सचिवमा रुक्शन राई, सह-सचिवमा भरत राना, सदस्यहरुमा इन्द्र गुरुङ, विशन गुरुङ,सुरुची श्रेष्ठ, लक्ष्मी गुरुङ, मोनिका महर्जन निर्वाचित भएका छन्।त्यस्तै आईपीपीमा राज शर्मा र बोर्ड अध्यक्ष बम गुरुङ चयन भएका छन्।

अष्ट्रेलियाको मेलबर्नमा अवस्थित यति एफसी लामो समयबाट फुटबल र सामाजिक कार्यमा निरन्तर काम गर्दै आईरहेको फुटबल हो। सन् २००१ मा स्थापना भएको यति एफसीसँग सन् २०१५ मा अष्ट्रेलियाको घरेलु फुटबल संरचनाको पहिलो खुड्किलो मानिने ‘स्टेट फाइभ लिग’ खेलि सकेको इतिहास छ।
यति एफसी हाल सामुदायिक फुटबल ‘सन्डे फुटबल’ खेल्दै आएको छ। अष्ट्रेलियाको लिग संरचनामा छिर्न कोशिश गरिरहेका छ।

हाल यति एफसीले नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका अन्तराष्ट्रिय खेलाडी तथा नेपालको शहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिसकेका खेलाडीहरुलाई अनुबन्ध गर्दै फुटबललाई अगाडी बढाईरहेको छ।
यति एफसी खेलकुद क्लब मात्रै नभएर सामुदायीक क्लबको रुपमा पनि चिरपरिचित हुँदै क्लवले समुदाएमा बिभीन्न सामाजीक कार्यहरु समेत गर्दै आएको छ। क्लवले अस्ट्रेलीयाको नेपाली समुदाएमाँझ लोकप्रीय र बहुप्रतिस्ठीत कन्डेल कल्सल्टेन्सी क्लव आयोजना गर्दै आएको छ।

