eNepal

नेपाली परम्परागत फेसन शोको साथ नेप्को ईन्टर्टेन्मेन्ट्सले मेल्बर्नमा तीज कार्यक्रम गर्दै

हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा नेप्को ईन्टर्टेन्मेन्ट्सले मेल्बर्नमा नेपाली परम्परागत फेसन शोको साथमा तीज कार्यक्रम आयोजना गर्ने भएको छ। गत वर्ष झै यस वर्ष पनि महिलाहरुलाई जमघट गरेर तीजमा नाचगान गर्दै मनाउन लागिएको नेप्को ईन्टर्टेन्मेन्ट्सका अध्यक्ष डिबी थापाले बताए।

आगामी सेप्टेम्वर २ तारिख शनीबार 495 Lygon Street Brunswick East मा आयोजना गर्न लागेको कार्यक्रममा सबैलाई निशुल्क प्रवेशको व्यवस्था गरेको थापाले जानकारी दिए। तीज विशेष कार्यक्रममा विभिन्न सांगितीक प्रस्तुतीका अलाबा नेपाली परम्परागत फेसन शो पनि हुनेछ।

कार्यक्रममा थप आकर्षक बनाउन नेपालबाट राष्ट्रियस्तरका चर्चित कलाकारहरू खुमन अधिकारी, चन्दा अर्याल र दिनेश थापा आउने कार्यक्रमका संयोजक थापाले जानकारी दिए। 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal