eNepal

तीजको अवसर पारेर खेम सेञ्चुरी, शान्तिश्री परियार लगाएतका कलाकार मेल्बर्न आउँदै

अष्ट्रेलियाको मेलवर्नमा चर्चित कलाकारहरूको साथमा ”एम.एम तीज टूर अष्ट्रेलिया २०२३” हुने भएको छ । नेपाली नारीहरूको महान पर्व हरीतालीका तीजको अबसरमा आयोजित कार्यक्रम सेप्टेम्बर १५ मा मेलवर्नको ४३ मेलभिल रोडमा हुने भएको हो ।

चर्चित लोक तथा द‍ोहोरी गायक खेम सेञ्चुरी , गायिका शान्तिश्री परियार , सुनिता बुढा क्षेत्री , कलाकार बादल थापा, बबिन सिंह ठकुरी , निरूता पुन,  मोडल सरिता दानकुटी लगाएको धमाकेदार प्रस्तुति रहने एमएम इन्टरटेनमेन्टका सञ्चालक माधब न्यौपानेले बताए ।

अष्ट्रेलियाका विभिन्न ९ वटा स्थानमा कार्यक्रम हुने आयोजकले बताएको छ ।  हरेक बर्ष एमएम ईन्टरटेनमेन्टले  यस्ता कार्यक्रम गर्दै आएको छ । अष्ट्रेलिया कार्यक्रममा पुग्ने कलाकाहरूले राम्रो पारिश्रमिक नपाएको गुनासो बेलबखत आईरहेको समयमा राम्रो पारिश्रमिक दिएर कलाकारहरू आउन लागेको आयोजकले बताएको छ ।

सेप्टेम्बर २ मा सुरू हुने कार्यक्रम सेप्टेम्बर १७ सम्म चल्ने छ । कार्यक्रम अबधिभर बिभिन्न संघसस्थाले सहकार्य गरेका छन् । मेलवर्नमा हुने कार्यक्रममा प्रबेशका लागि २० डलर शुल्क राखिएको छ । कार्यक्रम साझ साढे ५  बजेबाट  सुरू हुनेछ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal