एनआरएनए अष्ट्रेलियाको भिक्टोरीया राज्य समन्वय परिषद युवा संयोजकमा भिक्टोरीया निवासी सिद्धान्त श्रेष्ठ (सिद) भारी मत ल्याई विजयी भएका छन्।उनले ११८२ भोट प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी सुजन शर्माले ३६७ भोट प्राप्त गरेका थिए।
त्यस्तै युवा उप संयोजकमा गौरव सुनार विजयी भएका छन्। उनको ११२६ भोट आएको थियो भने उनका निकटतम प्रतिद्वन्दी मिराज चापागाईको ३८९ मत आएको थियो। सदस्यहरुमा बिनोद भट्ट, प्रदिप सुवेदी, रुपा पाण्डे, सचिन थापा र सागर शाही विजयी भएका छन्।

जित पछि ईनेपालसँग कुरा गर्दै सम्पुर्ण मतदाताहरुलाई धन्यबाद दिदै समाजसेवाको यो यात्रालाई निरन्तर जारी राख्ने बताए। यो यात्रामा समुदाएका सबै सदस्यको साथ, समर्थन र प्रोत्साहन चाहेको बताए।
युवाहरूलाई एनआरएनएसंग जोड्ने, दोस्रो पुस्ताका लागि विभिन्न गतिविधिहरू आयोजना गर्ने, नेटवर्किंग र युवा सशक्तीकरणका लागि युवा सम्मेलन आयोजना गर्ने जस्ता थुप्रै एजेन्डाहरु लिएर उनी यस पआली चुनाबी मैदानमा उत्रीएका थिए।
श्रेष्ठ अस्ट्रेलीयन नेपाली समुदाएमा चिरपरिचीत नाम हो। उनी खेलकुदमा उत्तीकै चासो राख्ने व्यक्तिका रुपमा चिनिन्छन्।
अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा अस्ट्रेलिया आएका सिद राजनीति र नीति शास्त्रका ग्रेजुएट हुन्।विद्यालयकालदेखि नै नेपालका धेरै सामाजिक संघसंस्थामा काम गरेको अनुभव उनीसँग छ।
भिक्टोरियामा धेरै सामाजिक संस्थाहरूमा स्वयम्सेवीको रुपमा आबद्द सिद भिक्टोरियाका लगभग हरेक नेपाली सामाजिक गतिविधि र कार्यक्रमहरूमा सहयोग र सहभागिता जनाउँदै आएका छन्।

