eNepal

युवा सँस्था मेलबर्नेपालले पायो युवा नेतृत्वको नयाँ कार्यसमिति,अध्यक्षमा शैलेश पुनः निर्बिरोध

गएको २० मे २०२१ मा उपभोक्ता मामिला भिक्टोरिया अन्तर्गत  मेल्बर्नेपाल इन्कर्पोरेट आधिकारिक रूपमा दर्ता भएको सँगै दोश्रो बर्षको यात्रा सफलता पुर्बक पूरा गर्दै तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा संस्थाले हिजो २३ जुलाई आइतवारका दिन दोश्रो बार्षीक साधारण सभा सम्पन्न गरेको छ।

संस्थापक तथा वर्तमान अध्यक्ष शैलेश घिमिरेको अध्यक्षतामा भएको साधारण सभाले गएको बर्ष गरिएको कामको जानकारी गराउँदै आगामी दिनमा आयोजना गर्ने कार्यहरुको बिषयमा छलफल गरेको थियो।

संस्थाको दोश्रो कार्यकालका लागि पुन: दोश्रो पटक अध्यक्षमा वर्तमान अध्यक्ष शैलेश घिमिरेनै चुनीएका छन् भने उपाध्यक्षमा टार्जन बुढाथोकी, सचीवमा मेलीसा गिरी, सह सचीवमा एस्ली थापा, कोषाध्यक्षमा पुजन पराजुली, सह कोषाध्यक्षमा सन्तोष पन्त, प्रवक्तामा अनील अर्याल, क्याम्पियन म्यानेजरमा रुद्र खड्का, युथ सपोर्ट कोअडीनेटरमा अनीश सिटौला, ग्राजुएट सपोर्ट कोअडीनेटरमा सागर पाण्डे चुनिएका छन्।

त्यस्तै कार्यसमिती सदस्यमा सुदीप बन्जारा, सुजन खरेल, अनु सुवेदी, रोजन काफ्ले, अभिषक फुलेल, भेनीसा पाण्डे, उत्सव पोखरेल, कृष्ण सापकोटा र कुशल सापकोटा चुनीएका छन्।

सँस्थाले गएको २०२२/२०२३ मा गरेको कार्यक्रमहरु समेत जानकारी गराएको थियो।

सँस्थिले बिगतमा कोभीड १९ कोष सङ्कलन कार्यक्रम गरेर टीकापुर र स्याङ्गाका २ वटा सरकारी अस्पतालमा कोभिड–१९ को दोस्रो लहर विरुद्ध लड्न अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ भने कोभीड १९ को समयमा नेपालमा खाद्यान्न एबम् राहत प्याकेजहरू बितरण गरेको थियो भने अन्य सामुदायिक संगठनसँग सहकार्य गरी विभिन्न मानसिक स्वास्थ्य सचेतना कार्यक्रमहरू र यस समस्याबाट पीडित विद्यार्थीहरूलाई मद्दत गर्दै केही विद्यार्थीहरूलाई आफ्नो परिवारलाई घर फिर्ता पठाउने व्यवस्था समेत सँस्थाले गरेको थियो।

दशैंको अबसर पारे चिट्ठा कार्यक्रम गरेर आर्थिक संकलन गरी नेपालका अनाथालयलाई स्थिर सामान तथा संगीत वाद्ययन्त्र तथा खेलकुदका सामानहरू प्रदान गरेको थियो।

दशैंको समयमा कोभिड १९ का कारण आइसोलेसनमा रहेका मेलबर्नमा रहेका झण्डै २५-३० नेपाली विद्यार्थीहरूलाई दशैं कोसेली (खाना प्याकेज)को समेत बितरण गरेको थियो भने नेपाली समुदायलाई लक्षित गरी कोभिड-१९ खोप सचेतना भिडियो

संस्थाले आर्थीक बर्ष २०२२/२०२३ को वित्तीय लेखापरिक्षण समेत पेश गरेको थियो भने आर्थीक बर्ष २०२३/२०२४ कार्यक्रम योजना समेत प्रस्तुत गरिएको थियो।

संस्थाले मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम र घरेलु हिंसा सम्बन्धी सेमिनार, दशैं परियोजना अन्तर्गतदशैं चिठ्ठा कार्यक्रम, देउसी/भैलो कार्यक्रम, पब्लीक स्पिकीङ परियोजना, खेलकुद अन्तर्गत फुटसल, टेबलटेनिस, चेस, स्नूकर प्रतियोगिता लगाएत अन्य परोपकारी सामुदायिक कार्यक्रमहरू आयोजना गर्ने लक्ष्य राखेको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal