अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (ANMC) ले हालको संरचनाको नवीकरण गर्दै परिसर भित्र रहेका मुर्तीहरुको प्राण प्रतिष्ठा एबम् मुर्ती स्थापना बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ।
आगामी २५, २६ र २७ अगस्टका दिन बिहान ९ बजे देखी अपरान्ह ५ बजे सम्म 100 Duncans Lane, Diggers Rest को परिसर भित्र बिभीन्न गतिविधिहरु हुने भएका छन्। अगस्ट २७ आईतबारका दिन भने होमको कार्यक्रमको साथमा प्रसाद वितरण र धार्मिक गतिविधिहरु हुने अध्यक्ष गान्धी प्रसाद भट्टराईले जानकारी दिनु भयो।
सोही अवसरमा पण्डितहरु शंकर प्रसाद गौतम, नारायण ज्ञावली र नारायण दाहालबाट होम एवम् बिशेष पुजापाठ हुनेछ।
अव छिट्टै सन्चालनमा आउन लागेको भवनको लागि योग्य हेरचाह गर्ने र पण्डितको लागि एएनएमसीले एक्सप्रेसन अफ ईन्ट्रेस्ट मागेको छ। ईच्छुक व्यक्तीहरुले यो लिङकमा गएर आफ्नो विवरण पेश गर्नु पर्नेछ।
मन्दिर परिसरमा बिहान ११:०० बजे र साँझ ७ बजे पूजा र आरती मुख्य धार्मिक गतिविधि हुनेछन्। मन्दिर खोल्ने समयमा पुजारीले भक्तहरूलाई पूजा र सम्बन्धित गतिविधिहरूमा आवश्यक सहयोग गर्न सक्षम हुनुपर्ने छ। साथै दैनिक सरसफाई सम्बन्धी गतिविधिहरू पनि समावेश हुनेछन्।

